फिल्म ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा राजनीति र प्रेमको सम्मिश्रण देख्न सकिन्छ । फिल्ममा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ ।

यस्तै फिल्ममा दीपक र केकीका अलावा, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङ्देल, अनुराग कुँवर, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, रजनी गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको स्किृप्ट दीपकराज गिरीले तयार पारेका हुन् भने हरि हुमागाईंले खिचेका हुन् ।

रोहित अधिकारीको लगानी रहेको यो फिल्म कमेडी जनरामा निर्माण भएको हो । फिल्म दशैँको अवसर पारेर यही असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।