कबड्डी फिल्मको सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । यो साता कुनै पनि नयाँ हिन्दी र नेपाली फिल्म नभएको मौकामा देशभरका मल्टिप्लेक्सले यो फिल्मलाई धेरै शो उपलब्ध गराएका छन् ।

यो फिल्मलाई काठमाडौको क्यूएफएक्सले अहिलेसम्मकै बढी शो दिएको छ । कुमारी, जय नेपाल, लाबिम, छाया सेन्टर र सिभिलमा गरी यो फिल्मले ३८ शो पाएको छ भने देशभर क्यूएफएक्स चेनमा ६४ शो पाएको छ ।

हलमा नयाँ फिल्म नहुँदा क्यूएफएक्सले मङ्गलबार नै बुकिङ ओपनिङ गरेको छ । रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।