श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल आश्विन २ गते बिहीबार, १९ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको पञ्चमी तिथि १५ः५० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र भरणी ६ः५१ बजेसम्म, उप्रान्त कृतिका । चन्द्रमाराशि मेष, सूर्योदय ५ः५१ र सूर्यास्त ६ः०४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । मातृपक्षको सहयोगमा महत्वपूर्ण काम बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभसमाचर सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य–व्यस्तताले परिवारमा समय दिन नपाइएला । बन्न लागेको काममा विघ्न बाधा आइपर्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक स्वास्थ्योपचारमा ठूलै धन खर्च होला । शुभसमाचर सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ ।  । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । नयाँ कार्यको शुभारम्भ हुनेछ । धन आर्जनका नया“ स्रोत फेला पर्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म, कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेट हुनेछ ।