लक्ष्मीमार्ग/ वैज्ञानिक वन व्यवस्थापनको पक्षमा देशका बिभिन्न वन उपभोक्ता समितिहरु गईरहेको समयमा मोरङ बेलवारीका वन उपभोक्ताहरु भने विरुद्दमा उभिएका छन् ।

बेलवारी ४ मा रहेको देविथान सामुदायीक वन समितिका उपभोक्ताले संघर्ष समिति नै बनाएर चरणबद्द आन्दोलन थालेका छन् । वैज्ञानीक वन व्यवस्थापनको नाममा पानीको स्रोत मास्ने काम बन्द गरौँ, प्राकृतिक वन संरक्षण गरौं, पर्यावरण तथा वातावरण संरक्षण गरौँ, जलस्रोत तथा कृषि क्षेत्रको संरक्षण गरौँ, वैज्ञानीक वन व्यवस्थापन कार्यक्रम वन्द गरौँ लगायतका नाराहरु लेखिएको व्यानर सहित सोमवार देविथान सामुदायीक वन समितिका उपभोक्ताले बेलवारीमा ¥यारीनै निकालेर विरोध जनाएका थिए ।

बेतना सिमसार आसपास देविथान सामुदायीक वन, बेतना सिमसार देविथान सामुदायीक वन, अमना सिसौली देविथान सामुदायीक वन र नक्सल देविथान सामुदायीक वनहरु रहेका छन् । ‘यि सामुदायीक वनहरुमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु हुँदा वेतना सिमसारको पानी सुक्न सक्ने सम्भावना रहेको र सिमसारको सम्रक्षण गर्नु हाम्रो दायित्व रहेकाले हामी कुनै पनि हालतमा यस क्षेत्रमा वैज्ञानीक बन व्यवस्थापन हुन दिदैनौं’ संघर्ष समितिका अध्यक्ष मान बहादुर गौतमले बताए ।

वेतनाको ७ वटा पैनी रहेको र ७ वटै पैनी उपभोक्ताहरु समितिका अध्यक्षहरु र उपभोक्ताहरु सहित भएर एक महिना अघिनै हामिले संघर्ष समिति बनाएर जिल्ला वन कार्यलय, सेक्टर वन कार्यलय र बेलवारी नगरपालीकामा हामिले अनुरोध पत्र पेस गरिसकेका छौँ, तर त्यसको सुनुवाहि नभई वनका रुखहरुमा नम्बरीङ गर्ने काम नरोकिए पछि ¥यारी मार्फत बिरोघ जनाएका हौं, हाम्रो माग अझ सुनुवाहि नभए चरणबद्द आन्दोलनमा जाने अध्यक्ष गौतमले बताए । उनका अनुसार ‘हामिले धेरै ठाँउ गएर वैज्ञानीक वन व्यवस्थापन हर्यौ, त्यस्तो व्यवस्थापनले वन क्षेत्र कहालीलाग्दो बनीरहेका छन्’ ।

‘वैज्ञानीक वन व्यवस्थापन लोकप्रीय शब्दले अलोकप्रीय काम गर्ने रहेछ, पुर्व डिएफ्ओ, पुर्व सचिव तथा उच्च पदस्थ कर्मचारीहरुको डिजाईनमा उपभोक्ता समितीलाई बाध्यकारी बनाएर निर्णय गरिदो रहेछ’ संघर्ष समितिका सदस्य दिनेस सुवेदिले बताए । हामि कुनै हालतमा यो लागु हुन दिदैनौं, उनले बताए ।

चुरे पहाडसंग नजोडिकन वन क्षेत्र भित्रै बाट उम्रिएको सिमसार हो बेतना सिमसार । हाल बेतना सिमसारको पानीले १२ सय बिघा भन्दा धेरै जमिन सिचाई भईरहेको छ भने करिव २ हजार घरधुरी उपभोक्ता रहेका छन् । बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतका अनुसार वैज्ञानीक वन व्यवस्थापनका नाममा सिमसार क्षेत्र आसपासका वन उपभोक्ता समितिहरुले रुख काट्दा सिससार क्षेत्रलाई असर पुग्न सक्ने बताए । अध्यक्ष बस्नेतका अनुसार बिज्ञहरु असर पर्दैन भन्छन तर हाम्रो सिदासिदि हिसावले हेर्दा सिमसार वरिपरिका रुख काट्दा सिमसारलाई पक्कै असर पर्छ , सिमसारलाई असर पार्ने किसिमका गतिबिधी छन् भने रोकिनु पर्छ ।

वैज्ञानीक हिसावले हुनेगरी र तराई क्षेत्रका वनहरुको व्यवसायिक व्यवस्थापन गर्न तयार गरिएको वन योजनाहरु वैज्ञानीक वन व्यवस्थापन भित्र रहेको जिल्ला वन कार्यलय मोरङका प्रमुख(डिएफओ) बिसाल घिमिरेल बताए । संघिय सरकार तथा प्रदेश सरकारको निति तथा कार्यक्रमा वनको वैज्ञानिक तथा दिगो व्यवस्थापन गर्नुपर्छ भन्नेकुरा ल्याएको र त्यसैका लागि राज्यले वजेट लगानी गरेको छ, कार्यक्रम दिएको छ, जनशक्ति सम्रचना सबै दिएको छ । संसदले पास गरेको राज्यले प्राथमिकतामा राखेको कार्यक्रम हो त्यहि अनुरुप देशैभरी करिव ३० वटा जिल्लामा यो कार्यक्रम लागु भएको छ । हाल मोरङमा ५औँ वर्षमा यो कार्यक्रम चलिरहेको छ ।

डिएफओ घिमिरेका अनुसार यो कार्यक्रम चुनौतिपुर्ण रहेकोले र तुरुन्तै रिजल्ट दिएर बिश्वास दिलाउन नसकिराखेको अवस्था छ । संघर्ष समितिको माग केहो भन्ने बिषयमा आफुलाई थाहा नभएको र यदि बैज्ञानिक वन व्यवस्थापन दारेज हुनुपर्छ भन्ने उहाँहरुको माग हो भने त्यो हामि संग हैन त्यो संसदमा गएर भन्नुपर्छ किनभने सरकारले पास गरेको निति तथा कार्यक्रमा यो आएको छ । यो विज्ञानमा आधारीत वन व्यवस्थापन भएको हुनाले यसलाई रोक्नु नहुने डिएफओ घिमिरेले बताए ।