इटहरी/सुनसरीको इटहरीमा संचालित प्रदेश स्तरीय आधारभूत भलिबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार सकिएको छ । भदौ २३ गतेदेखि शुरु भएको कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

१० दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेश एकका १४ जिल्लाका ५५ जना भलिबल प्रशिक्षक सहभागी थिए । तालिमपश्चात सहभागी प्रशिक्षकहरूले विद्यालय तहका विद्यार्थीहरूलाइ भलिबलको आधारभूत सीपहरू सिकाउने कार्यक्रम संयोजक एवम् सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

भलिबल खेलाडी उत्पादनमा याेगदान पुग्ने आयोजकको बिश्वास छ । सहभागी प्रशिक्षकहरूलाइ भलिबलका अन्तराष्ट्रिय प्रशिक्षक कपिलकिशोर श्रेष्ठ र बिजयकृष्ण वादेले प्रशिक्षण दिएका थिए । काठमाण्डौ उपत्यकाबाहिर पहिलोपटक आयोजना भएको सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले बताए । यसरी प्रशिक्षणले खेलाडी उत्पादन योगदान पुग्ने थापाको भनाइ थियो ।