मधुमल्ला । पुर्वउत्तर मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा रहेको मनोहर आधारभुत विद्यालयका उत्कृष्ठ विद्यार्थी तथा शिक्षकहरुलाई नगद तथा सम्मान गरिएको छ ।

आइतबार काठमाण्डौंमा रहेको मम फाउण्डेसन नेपालको आयोजनामा मिक्लाजुङ १ कोलबोटेमा रहेको मनोहर आधरभुत विद्यालयका १४ जना विद्याथी र दुई शिक्षक गरि १६ जनलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको मम फाउण्डेसन नेपालका अधध्यक्ष पेमा सेर्पाले बताए ।

नेपालकै सुगम जिल्लाहरुमा पर्ने मोरङ निक्कै दुर्गम ठाउँहरु रहेको र दुर्गम क्षेत्रमा शिक्षाण गराउने शिक्षकहरुको मनोबल उच्च राख्दै विद्याथीहरुको समेत पठन अभ्यासमा वृद्धी गराउने उदेश्य साथ विद्यार्थी तथा शिक्षाक सम्मान कार्यक्रमको आयोजना गरिएको शेपाले बताए । साथै आगमी बर्ष पनी अन्य फरक बिद्याहरुमा रहेर यस विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्ने फाउण्डेसनको योजना रहेको सेर्पाले बताए ।

मोरङ जिल्लाकै दुर्गम क्षेत्रमा काठमाण्डौ देखी आएर विद्यालयलाई सहयोग गरेकोमा अफुहरुलाई थप हौसला मिलेको मनोहर आधरभुत विद्यालयका प्र.अ. विश्व राईले बताए ।