धरान / इलाका प्रहरी कार्यालय धरानले लागु औषधसहित एक जनालाई धरान– १२ स्थित कलेजरोडबाट पक्राउ गरेको छ ।
धरान–१४ का ४१ बर्षीय कमल भुजेललाई हिडिरहेका बेला संका लागि प्रहरीले चेकजाँच गर्दा उनको साथबाट रेनकोट भित्र लुकाई राखेको अवस्थामा स्पास्मो प्रोक्सिभन प्लस २८ क्यापसुल, दुई बोतल भरी रहेको र एक बोतल खली समेत ३ बोतल डाईलेक्स डिसि फेला परेको इलाका प्रहरी कार्यालयका डिएसपी ढु(डीराज न्यौपानेले जानकारी दिए । आजै जिल्ला अदालत सुनसरीबाट बाट म्याद थप भई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उनले हिजो साँझ पक्राउ गरिएको थियो ।