सुनसरी । इटहरीमा सञ्चालित प्रथम अन्तर विद्यालय टेवल टेनिस प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

प्रतियोगितामा सब जुनियर ब्वाईज तर्फ कोशी सेन्ट जेम्स ईटहरीका वसन्त बस्जेत, जुनियर गर्लस तर्फ सुबि जिमुर बिराटचौकका आशिका बास्तोला र जुनियर ब्वाईज तर्फ कोशी सेन्ट जेम्सका अनुज घिमिरे विजेता भएको आयोजिक समितिका युगप्रिय निरौलाले जानकारी दिए ।

समापन समारोहका प्रमुख अतिथि ईटहरी ९ नं वडा अध्यक्ष भुपेन्द्र बरालसहित आयोजक समितिका पदाधिकारीले विजेता खेलाडीलाई मेडल शिल्ड प्रमाण पत्र हस्तान्तरण गरेका थिए । टेवल टेनिस एकेडेमी सुनसरीका अध्यक्ष राजेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सुरेश नेपाल, ईटहरीका युवा समाजसेवी आकाश सुब्बा, लेवल दुई रेफ्री बिकेन थापा लगायतले मन्तब्य राखेका थिए ।

पहिलो पटक आयोजना गरिएको प्रथम अन्तर विद्यालय टेवल टेनिस प्रतियोगितामाको उद्घाटन उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको आयोजिक समितिका युगप्रिय निरौलाले जानकारी दिए ।