ताप्लेजुङ । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइमाथी नेपालगञ्जमा भएको दुब्र्यवहारप्रति नेकपा ताप्लेजुङले आपत्ति जनाएको छ ।

आइतबार प्रेश बिज्ञप्ती जारीगर्दै प्रतिगमनका मतियारले गरेको ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । कार्यालय सचिव राजेश प्याकुरेल द्धारा जारी बिज्ञप्तीमा यो मन्त्री भट्टराईको बिरोधको सवालमात्रै नभएर देशमा अव कोहिपनि सहि छैनन भनेर आमभ्रम छल्ने प्रयत्नको कडिको रुपमा रहेको उल्लेख छ ।

यस्ले मुलुकलाइ अस्थिरता, अराजकता र प्रतिगमन तर्फलाने प्रबृत्तिलाई इङगित गरेको उल्लेख छ । ‘प्रतिगमनका मतियार यिनको हर्कतमा तालि पड्काउनु भनेको अञ्जानमा लोकतन्त्रको बिरुद्ध सहमती दिनु हो,’ बिज्ञप्तीमा लेखिएको छ, हाम्रो पार्टी सरकार समक्ष यस्ता प्रतिगमनकारी बिदेशी एजेण्ट अराजक गुण्डाहरुलाई यथासिघ्र कार्बाहिको माग गर्दछ ।’

यस्ता हर्कतलाई निरुत्साहित गर्न जनआन्दोलनकारी आम लोकतान्त्रिक पार्टी र जनसमुदायलाई अनुरोध गरेको छ । भट्टराई ताप्लेजुङबाट संघिय संसदमा निर्बाचित भएका हुन ।