धरान/ ५६ औं राष्ट्रिय बालदिवसको अवसरमा धरान–१५ को ज्ञानोदय सेकेण्डरी बोर्डिङ स्कूलले विविध कार्यक्रम गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरूले मनोरञ्जन कार्यक्रम गर्दै बाल दिवस मनाएका हुन् । विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य विविध कार्यक्रम गरेको

भाइस प्रिन्सिपल खेमराज श्रेष्ठले जानकारी दिए । कार्यक्रमको उद्घाटन महेन्द्र बहुमुखी क्याम्पसका गणित विभागका विभागीय प्रमुख गणेशकुमार कार्की गरे । उनले सूचना प्रविधिको तीव्र विकाससँगै बालबालिकाहरू फेसबुक र इन्टरनेटमा बिग्रिदै गएकाले यसप्रति अभिभावक चनाखो हुनुपर्ने बताए ।

विद्यालय सञ्चालक सदस्य एवम् कार्यक्रम संयोजक डीबी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रिन्सिपल टिबी क्षेत्री, शिक्षक प्रेमबहादुर तुलाधरलगायतले बोलेका थिए ।

70457711_425788614737011_1225716510169759744_n