धरान/एम्स एकेडेमी मिस्टर एण्ड मिसेस फ्रेसरको छैठौं संस्करणको ताज राजेश तामाङ र पूर्णिमा दर्नालले पहिरिएका छन् ।

भदौं ११ गतेदेखि जारी प्रतियोगितामा मिस्टर फ्रेसरमा तामाङले ९ फाइनलिष्टलाई हराउँदै ताज पहिरिएका हुन् । त्यस्तै मिसेस फ्रेसरमा पूर्णिमाले पनि ९ फाइनलिष्टलाई हराउँदै ताज जितेकी हुन् । त्यस्तै मिस्टर फ्रेसरको फस्ट रनरअपमा निमेस तामाङ र सेकेण्ड रनरअपमा युनिक मगर घोषित भए । त्यस्तै मिसेस फ्रेसरको फस्ट रनरअपमा इसिका श्रेष्ठ र सेकेण्ड रनरअपमा पायल तामाङ घोषित भए ।

टाइटलतर्फ मिस्टर फोटोजेनिकमा सागर मगर, मिसेस फोटोजेनिकमा रीमा लिम्बू, मिस्टर एण्ड मिसेस फ्रेण्ड्लीमा युनिक मगर र दिब्या राई बनेका छन् । त्यस्तै मिस्टर एण्ड मिसेस पङ्चुअलमा समीर विक र विनिता तामाङले हात पारे भने बेष्ट फ्रेसमा निमेश तामाङ र बविता श्रेष्ठ, मिस्टर एण्ड मिसेस ट्यालेन्टमा सौरभ श्रेष्ठ र इनिसा श्रेष्ठ, मिस्टर ¥यामवर्कमा राज श्रेष्ठ र क्याटवकमा पायल तामाङ घोषित भइन् । साथै, मिस्टर एण्ड मिसेस कन्फिडेन्टमा राजेश तामाङ र पूर्णिमा दर्नाल, मिस्टर एण्ड मिसेस डिसिप्लिनमा प्रकाश राई र मनिषा फागो बनेका छन् ।

त्यस्तै मिस्टर एण्ड मिसेस पब्लिक च्वाइसमा राजन लिम्बू र जुनु राई र बेष्ट स्माइलमा खजेन्द्र ठकुरी र आकृति तामाङ घोषित बनेका छन् । उनीहरूलाई मुख्य निर्णायक दोर्पध्वज राई, मिस पूर्वाञ्चल २०१७ की विजेता रुबी लिम्बू र ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले छनौट गरेका थिए । टप २० बाट टप ५ छनौट गरिएको थियो । भदौं ११ गते सम्पन्न अडिसनमा भने कूल ४२ जना सहभागी रहेको एम्स एकेडेमीका संयोजक हेमन्त भण्डारीले बताए । सहभागी मिस्टर एण्ड मिसेस फ्रेसरको कोरियोग्राफी भने सिम्रन श्रेष्ठले गरेकी थिइन् ।

सहभागीहरूलाई उद्घोषण तालिम, उत्प्रेरणा कक्षा, व्यक्तिगत विकास तालिम, आत्मरक्षा तालिम, फोटोसुट, अग्र्यानिक फर्ममा हाइकिङ, दक्षजीवनसम्बन्धी तालिम, ट्यालेन्ट शो, र ¥यामवर्क तालिम प्रदान गरिएको थियो । विजेताहरूलाई एम्स एकेडेमी सञ्चालक समितिका अध्यक्ष प्रकाश राई, निर्देशक अनुप योञ्जन, निर्णायक दोर्पध्वज राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

त्यसक्रममा कक्षा ११ का लागि आउने नयाँ विद्यार्थीहरूलाई स्वागत पनि गरिएको थियो । कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरूलाई लक्षित गर्दै मिस्टर एण्ड मिसेस फ्रेसर प्रतियोगिता गरिँदै आएको कार्यक्रम सञ्चालक सन्तोष कोइरालाले बताए । कार्यक्रमको उद्घाटन भने प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीले गरे । उनले नयाँ आउने विद्यार्थीहरूलाई लक्षित गर्दै गरिएको यस्ता कार्यक्रमले विद्यार्थीहरूमा हौसला मिल्ने बताए ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायनलगायतको प्रस्तुति दिँदै अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम धरान–१५ स्थित सदन हलमा सम्पन्न भएको थियो ।

IMG_20190914_124717

IMG_20190914_143506

IMG_20190914_164708

IMG_20190914_164921

IMG_20190914_165023