सिरहा । सिरहा प्रहरीले विभिन्न नाकाबाट २ लाख ९ सय ८० रुपैयाँ बराबरको सामान पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको छ ।
ईलाका प्रहरी कार्यालय बरियारपट्टी, प्रहरी चौकी लकडीगदियानी, ईलाका प्रहरी कार्यालय माडर, सिमा प्रहरी चौकी झाझपट्टी र प्रहरी चौकी सन्हैठाबाट खटिएको छुट्टा छुट्टै गस्ती टोलीले सामान पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बरीयारपट्टीबाट खटिएको गस्ती टोलीले बरीयारपट्टी गाउँपालिका वाड नम्बर ३ स्थित चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याएको किराना सामान अन्दाजी मुल्य रु.१३,१००। (तेह्र हजार एक सय) बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडीमा बुझाएको छ ।

यस्तै प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका वाड नम्बर २० स्थित चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याएको किराना सामान अन्दाजी ५ हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडरमा बुझाएको छ ।

भने सिरहा नगरपालिका वाड नम्बर १७ कमला खोला किनार स्थित ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले स.४.प ५६५८ र स.४.प ९६३१ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको लत्ता कपडा अन्दाजी मुल्य रु.१,४७,५५०। र मो.सा.को मुल्य रु.१,५०,०००।– गरी जम्मा मुल्य रु.२,९७,५५०। (दुई लाख सन्तानब्बे हजार पाँच सय पचास रुपैया) बरावरको सामान र मोटरसाइकल सहित विरेन्द्र साह समेत लाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडरमा बुझाएको छ ।

नवराजपुर गाउँपालिका वाड नम्बर ३ फुलबरीया स्थित सि.प्र.चौ.झाझपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको कष्मेटिक सामान अन्दाजी मुल्य रु.१४,३३०। (चौध हजार तीन सय तीस रुपैया) बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडीमा बुझाएको छ ।

सिरहा नगरपालिका वाड नम्बर १९ स्थित प्रहरी चौकी सन्हैठाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको साईकलको पार्ट पुर्जा, लत्ता कपडा गरी जम्मा अन्दाजी मुल्य रु. २१,०००।– (एक्काईस हजार) बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी अपिलराज बोहराले बताएका छन् ।