ताप्लेजुङ । लागूऔषध खैरो हिरोइन सहित ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् ।
पाथिभरा याङ्वरक गाउँपालिका–१ मेवाखोलाबाट इलामका २४ वर्षीय विवेक लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार पक्राउ परेका लिम्बूको साथबाट २४ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी इन्स्पेक्टर विष्णुबहादुर खड्काले जानकारी दिए ।

यसैबीच २५ मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका एकजनालाई ताप्लेजुङ कारागार चलान गरिएको छ । फुङलिङ नगरपालिका वडा नं ४ कोप्चेबाट पक्राउ परेका मेगराज हाङ्गामलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । गत जेठ २५ गते पक्राउ परेका हाङ्गामलाई अनुसन्धान पूरा गरी अदालत पेस गर्दा बिहीबार नै जिल्ला अदालत ताप्लेजुङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।