उदयपुर / जबरजस्ती करणी गरी फरार रहेका एक प्रतिवादी साढे २३ वर्षपछि पक्राउ परेका छन् । साविक त्रियुगा नगरपालिका–१० देउरी निवासी ४३ वर्षीय हरिनारायण सदालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीले २०५२ साल माघ १० गते एक महिलालाई बलात्कार गरी फरार भएका थिए । बलात्कार गरेको आरोपमा जिल्ला अदालत उदयपुर हुँदै पुनरावेदन अदालतले प्रतिवादी सदालाई ४ वर्ष जेल सजाय फैसला गरेको थियो ।

फरार प्रतिवादी सदा भारत तथा नेपालका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई अदालतमा हाजिर गराई करागार चलान गरेको प्रहरीले जानाएको छ ।