पाँचथर ।  पाँचथरमा  बाम्फोकले घाँटी रेटेर एकजनाले आत्महत्या गरेका छन् ।

जिल्लाकाे  फिदिम नगरपालिका-८ घलेगाँउमा ५५ बर्षीय सनम गुरुङले बाम्फोकले आफैले घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

बुधबार बिहान गुरुङले घाँटी रेटेर आत्महत्या गरेको सूचना पाए लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ । घटना स्थलकाे  जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएकाे प्रहरी टोलीले कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।