श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र २५ गते बुधबार, ११ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको त्रयोदशी तिथि २३ः२४ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र श्रवण १५ः१७, उप्रान्त धनिष्ठा । चन्द्रमाराशि मकर, सूर्योदय ५ः४७ र सूर्यास्त ६ः१२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सयम उत्तमखालको छ । पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । रमणीय स्थानको भ्रमण हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्ने छ । बिछोडिएका साथीभाइहरूसित भेटघाट एवं खानपिन होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मायाप्रेमको सम्बन्ध विस्तार हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । सानो कामबाट विशेष उपलब्धि मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्य खालको छ । शिर तथा नशा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तम खालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा विध्न वाधा आइपर्न सक्छ । अनावश्यक कामको झन्झट आइपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमणीय स्थानको भ्रमण होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन पाठन तथालेखन कार्यमा मन जानेछ ।अवरोध रहेका कामकाज सुचारु हुनेछन् । लाभदायी यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमण्ीाय स्थानको भ्रमण होला ।