मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल सरकारले सुरु गरेको वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । आइतबार मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा अन्तरक्रिया एबं स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ भएको हो ।

मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद लिम्बू (कुशल) आफ्नो स्वास्थ्य विमा गर्दै शुभारम्भ गरेका हुन् । सोही वडाबासी सांसद लिम्बूले सरकारको लोकप्रिय कार्यक्रम स्वास्थ्य विमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । गरिब तथा विपन्न समूदायलाई यस्ता कार्यक्रम बरदान सावित हुने उनको भनाई छ ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीलगायतले बोल्दै स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिका लागि पर्ने बताएका छन् । वडाध्यक्ष खगेन्द्र माखिमले पनि वडामा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

यस्तै साबिक मधुमल्ला गा.वि.स का वडाहरुमा पनी मिकलाजुङ स्वास्थ्य युनिटले एक कार्यक्रमको आयोजना गरी कार्य प्ररम्भ गरेकको बताइएको छ ।