जनमत सङ्ग्रहमा सुनसरी काङ्ग्रेसको भूमिका

alt
  • भदौ २४, २०७६
  • १२६ पटक पढिएको
  • गिरिराज आचार्य

ऐतिहासिक जनमत सङ्ग्रह २०३६ मा सुनसरी जिल्लाले विजयी प्राप्त गरेको जिल्ला हो । यो जिल्लामा पञ्चायती पृष्ठपोषकहरूलाई चुनौती दिँदै बहुदलीय व्यवस्थाको समर्थनमा बहुमत प्राप्त गर्नु भनेको कम चुनौतीपूर्ण थिएन । किनकी यो जिल्लामा विगत १९ वर्षदेखि दाइँ गर्दै आएका पञ्चायतका कट्टर समर्थक दिलबहादुर, होमबहादुर श्रेष्ठको अमेद्य किल्ला थिए इनरुवा बजार र त्यस आसपासका गाउँहरू ।

सुनसरीमा धरानक्षेत्र मात्र कम्युनिष्ट र काङ्ग्रेसको प्रभाव क्षेत्र रहेको थियो । किनकी काङ्ग्रेस र कम्युनिष्टको जनआधार भनेकै तिनै विद्यार्थी नेताहरू नै काङ्ग्रेस र कम्युनिष्टका नेता हुन पुगे भने कतिपय प्रधानमन्त्रीसम्म भए । यसरी पूर्वी नेपालको धरानमा पञ्चायती व्यवस्था रहुन्जेलसम्म आन्दोलनको ज्वारभाटा उठ्थ्यो अनि प्रशासनले एउटा न एउटा निहुँमा विद्यार्थीहरूलाई राजकाज ऐन लगाएर मुद्दा चलाउँथ्यो । जेल पठाउँथ्यो र थानामा यातना दिने गथ्र्यो । धरानमा राजनीतिक चर्चा गर्दा पञ्चायतकालमा सङ्गठनहरू खोल्न प्रतिबन्ध भएकाले क्याम्पसमा काङ्ग्रेसका समर्थक गोबर र कम्युनिष्टका समर्थक खरानीको परिचय लिएर हिँड्थे । यिनै विद्यार्थीहरूलाई एक आपसमा लडाएर अञ्चलाधीश सिडियोले काम गर्र्थे ।

यसरी त्यस्तो विकट परिस्थितिमा जनमत सङ्ग्रहमा निर्दलवादीहरूलाई बहुदलवादीहरूले परास्त गर्न कम चुनौती थिएन । भारतमा रहेर काङ्ग्रेस नेताहरूले पञ्चायत व्यवस्थाविरुद्ध गरेका क्रान्तिकथाको आºनै इतिहास छ । ८ वर्ष पछिको निरन्तर सङ्घर्षपछि बीपी, गणेशमान भारतबाट नेपाल फर्कनुभयो २०३३ पौष १६ गते । हो, त्यहीबाट थालनी भयो नेपालको राजनीतिमा ८ रेक्टरको भूइँचालो आयो । जसको कारणले २०३६ सालमा विद्यार्थी आन्दोलन भयो त्यही समयमा पाकिस्तानमा प्रजातन्त्रको वकालत गर्ने जुल्फीकर भुट्टोलाई तानाशाही सरकारका जनरल जियाउल हकले फाँसीमा चढाए । यसको विरोधमा नेपालमा विद्यार्थी आन्दोलनले मुलुक हल्लायो यी सब कारणका पछाडि वीपी कोइरालालाई पनि फाँसी दिने माग उठ्यो गाउँफर्क अभियानका महापञ्च सूर्यबहादुर थापाबाट ।

यिनै सब असन्तोष बढेकाले वीपीलाई रिहा गर्न अन्तर्राष्ट्रिय दबाव बढेको, विद्यार्थीहरूको दबाब थेग्न नसकेपछि राजा वीरेन्द्रले जनमत सङ्ग्रह घोषणा गरे २०३६ जेठ १० गते । ऐतिहासिक जनमत सङ्ग्रहको घोषणा राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते गरेका थिए । यस अघि मुलुकभर विद्यार्थी आन्दोलनको ज्वारभाटा उठेको थियो । तर, राजनीतिक परिवर्तनका लागि पहिलोपल्ट जनमत सङ्ग्रह गर्ने राजनीतिक उद्घोषले गर्दा स्थानीय प्रशासनले कहीँ जेठ ९ गते र कहीँ जेठ १० गते मुलुकभर पक्राउ परेका विद्यार्थीहरू रिहा गरिए । यस क्रममा जेठ ९ गते विराटनगर (मोरङ्ग) जेलबाट सुनसरीका पक्राउ परेका कार्यकर्ताहरू रिहा गरिए ।जसमा काङ्ग्रेसका स्व. राजेन्द्र बजगार्इं, जीवनाथ बास्तोला, गिरिराज आचार्य, किरण गडतौला, वीरेन्द्र कार्की, पूर्ण सुवेदी, वेविन्द्र कटुवाल, फुलराज सुवेदी, विश्वराज शर्मा, हरिहर दाहाल, नरेश श्रेष्ठ रहेका थिए । यसैगरी रसियन कम्युनिष्टहरूबाट मजदुर नेता स्व. इन्द्र थापा, हरि रोक्का रहेका थिए । यसैगरी आनन्द आचार्य काठमाण्डौंबाट रिहा गरिए । धरानका समाजसेवी माधवगोविन्द श्रेष्ठ र लक्ष्मीप्रसाद श्रेष्ठलाई २ घण्टा धरान थानामा पक्राउ गरियो ।

यसै क्रमसँगै सुनसरीको धरान इनरुवामा जनमत सङ्ग्रहको स्वागत गर्दै नेपाली काङ्ग्रेसले आमसभाहरू आयोजना ग¥यो । यति मात्र होइन, जनमत सङ्ग्रहको घोषणा लगत्तै गाउँ गाउँबाट नेपाली काङ्ग्रेसको झण्डा ब्यानरसहित जुलुस उठ्यो, पर्चा, पम्प्लेट वितरण गरिए । यो खुशीयाली बहुदलवादी नेपाली काङ्ग्रेसमा मात्र छायो । यसले राजनीतिक जगतमा काङ्ग्रेस कम्युनिष्ट नेता कार्यकर्ताहरूमा उत्साह छायो । जति काङ्ग्रेसमा खुशीयाली छायो त्यति कम्युनिष्टहरूमा छाएन । कारण एउटै थियो कम्युनिष्टहरू विभाजित थिए । यसको स्वागतमा नेपाल कम्युनिष्ट पार्टी (रायमाझी समूह–रसियन कम्युनिष्ट) नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी मनमोहन अधिकारी र पुष्पलाल समूह, नेपाल मजदुर किसान पार्टी रोहित, शम्भुराम श्रेष्ठ समूहलगायत रहेका थिए भने विरोधमा माले (नक्सलाइट, मशाल) लगायतका क्रान्तिकारी कम्युनिष्टहरू जनमत सङ्ग्रह बहिष्कारमा लागे ।

त्यसले गर्दा सुनसरीमा कम्युनिष्टहरू औंलामा गनिने रहेका थिए किनकी ठूला जनाधार भएका पार्टी मालेले जनमत सङ्ग्रह बहिष्कारको नीति लियो । सुनसरीमा नेपाली काङ्ग्रेसले बहुदलको प्रचारका लागि धमाधम समितिहरू गठन ग¥यो । यस्ता समितिहरू प्रत्येक टोलस्तरमा वडास्तरमा, नगरस्तर, गाउँस्तरमा गठन गरिए । नेपाली काङ्ग्रेस जिल्ला समितिले जिल्ला स्तरीय, बहुदलीय जनमत सङ्ग्रह अभियान समिति नामाकरण गरी प्रत्येक वडादेखि गाउँ नगर जिल्लासम्म कार्यालयहरू खोलिए । यस्ता कार्यालयहरू स्थापना गरी उद्घाटन गर्ने, परिचय गर्ने कामहरू भए । प्रत्येक गाउँमा जिल्ला स्तरीय पदाधिकारीहरू र सदस्यहरूको उपस्थिति रहने गथ्र्यो । यसैगरी बहुदलीय, गोष्ठी, आमसभा, सभा स्वागत समारोह नेता भेटघाट, भ्रमण हुन थाल्यो । वीपीको अपील गाउँ गाउँमा बाँडियो ।

नेपाली काङ्ग्रेस सुनसरीले सङ्गठनका स्वरूपमा पूर्व गठित जिल्ला कमिटीलाई बहुदलीय जनमत सङ्ग्रह अभियान समिति नामाकरण गरियो । यसै गरी प्रत्येक गाउँ नगरमा समितिहरू निर्वाध गठन भए । २०१७ सालपछि नेपाली काङ्ग्रेसले खुला रूपमा काङ्ग्रेसको चारतारे झण्डा राखी सङ्गठन गरेकोले लाग्थ्यो मुलुकमा बहुदलीय व्यवस्था आयो किनकी पञ्चहरू खुला रूपमा जनता माझ आउन सकेनन् । तत्कालीन नेपाली काङ्ग्रेसको जिल्ला समितिको बहुदलीय जनमत सङ्ग्रह अभियान समितिको नामावली निम्न रहेको छ ः सभापति – हरिनाथ बास्तोला

सचिव – हरि सापकोटा
सदस्यहरु – बेखबहादुर नेपाली, डा. खलील आजाद, सतिशचन्द्र गिरी, भक्त गोविन्द श्रेष्ठ, केदार नाथ श्रेष्ठ, जीवनाथ बास्तोला, गिरिराज आचार्य, विजय गच्छदार (निर्वासित), वीर नारायण चौधरी (निर्वासित), नगेन्द्र ढुङ्गेल (निर्वासित), जयहरि शर्मा, नारायण प्रसाद अर्याल, नच्छदी मेता (निर्वासित), शिव नारायण बस्नेत (निर्वासित), जय नारायण श्रेष्ठ, वंशी मेता, भद्रलाल उराव वंशीलाल चौधरी, भीमबहादुर कटुवाल रहेका थिए । यसरी गठन भएको प्रथम बैठक इनरुवा स्थित बविया रहेका निवास रहेका बेखबहादुर नेपालीको निवासमा बसेको थियो । त्यो बैठकले जनमत सङ्ग्रहमा राजा वीरेन्द्रबाट घोषणा भएकोमा स्वागत गर्दै यसलाई सफल पार्न प्रताव पारित गरेको थियो ।

यसै गरी त्यो बैठकले जनमत सङ्ग्रहमा बहुदलको व्यापक प्रचार प्रसार गर्न जिल्ला स्तरीय समिति गठन गरियो र यसको नामाकरण यसरी राखियो, ‘बहुदलीय नजमत सङ्ग्रहमा अभियान समिति सुनसरी जिल्ला समिति जसको नेतृत्व, नेपाली काङ्ग्रेस जिल्ला समिति नेपाली काङ्ग्रेस रह्यो । त्यो बेला पार्टी प्रतिबन्ध भएकोले प्रतिबन्धित नेपाली काङ्ग्रेसका नाममा यसको पुच्छर जाडियो । सोही बैठकले प्रचार प्रसार समितिको कार्यालय सदरमुकाम इनरुवामा राख्ने निर्णय ग¥यो । बीच बजारमा कार्यालय खोलियो । सो कार्यालयको उद्घाटन पार्टी सभापति हरिनाथ बास्तोलाले गरेका थिए । उक्त समितिको बैठकले प्रत्येक गा.वि.स., नगर, टोलमा बहुदलीय जनमत सङ्ग्रह अभियान समिति प्र.न.का. गठन गर्न प्रत्येक इकाईलाई आह्वान गरेको थियो । प्र.ने.का. समितिलाई प्रचार समितिको स्वरूप दिन भनियो । प्रत्येक कार्यालयमा नेपाली काङ्ग्रेसको झण्डा राखियो । यसैगरी गठन नभएका इकाईमा समिति खडा गरियो र प्रत्येक गा.वि.स. नगर समितिको कार्यालय उद्घाटन गरियो । प्रत्येक इकाईले आमसभा गर्ने, पोष्टर पम्प्लेटिङ्ग गर्ने आदि निर्णय गरिएको थियो । यसरी बहुदलीय जनमत सङ्ग्रह अभियान समितिमा सुनसरीका विभिन्न गा.वि.स.हरूमा आमसभा र चोकसभाहरू गरिए ।

जनमत सङ्ग्रहमा नेताहरू
जनमत सङ्ग्रहमा बहुदलको प्रचार गर्न शीर्षस्थ नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई, महामन्त्री परशुनारायण चौधरीले मुलुकका विभिन्न शहर र गाउँमा गएर आमसभालाई सम्बोधन गर्नुभयो भने राजाबाट आम माफी पाएपछि महामन्त्री गिरिजाप्रसाद कोइरालाले १ हप्ताको अवधिमा सुनसरी, मोरङ्ग र काठमाडौंमा सम्बोधन गर्नुभयो । सुनसरीमा सर्वमान्य नता गणेशमान सिंह, महामन्त्री परशुनारायण चौधरी र गिरिजाप्रसाद कोइरालाले सम्बोधन गर्नुभयो । यहाँको भ्रमण गर्न वीपी कोइरालाको कार्यव्यस्तताले सम्भव भएन । नेता कृष्णप्रसाद भट्टराईले २०३५ सालमा पूर्वाञ्चल भ्रण्म गरेकाले वहाँ यता आउनुभएन । वहाँ सिमित ठाउँमा जानुभयो र बाँकी कार्य काठमाडौं अफिसबाट दैनिक सञ्चालन गर्नुभएको थियो ।

यता सर्वमान्य नेता गणेशमान सिंहले सुनसरीको धरानको आमसभालाई सम्बोधन गर्नुभयो । यहाँको आमसभा पब्लिक हाईस्कुलको मैदानमा सम्पन्न भयो । वहाँले आमसभालाई सम्बोधन गर्दै बहुदलमा मतदान गर्न आह्वान गर्नुभयो । वहाँले भन्नुभयो “राजाको निष्पक्ष र धाँधलीरहित जनमत सङ्ग्रह गर्न पञ्चायती सरकारको विघटनको माग गर्नुभयो । सो अवसरमा भू.पू. सांसद लीलानाथ दहाल, सूर्यमान गुरुङ्ग, गोपालराज पहाडी, भक्तगोविन्द श्रेष्ठ, केदारनाथ श्रेष्ठ, आनन्द आचार्य, गिरिराज आचार्यले मन्तव्य राख्नुभयो । आमसभाको सभापतित्व पार्टी सभापति हरिनाथ बाँस्तोलाले गर्नुभयो । यसैगरी अर्को दिन सर्वमान्य नेता गणेशमान सिंहले सदरमुकाम इनरुवाको भगवती मा.वि.को चउरमा सम्बोधन गर्नुभयो । यहाँको आमसभामा सर्वमान्य नेता गणेशमान सिंहले भन्नुभयो ०१५ मा चुनाव हार्ने र जमानत जफत हुनेहरूलाई राजाले पञ्चायती व्यवस्थामा प्रधानमन्त्री दिए । उक्त आमसभाको सभापतित्व डा. खलील आजादले गर्नुभयो । सो अवसरमा अन्य वक्ताहरूमा गिरिराज आचार्य, जीवनाथ बाँस्तोला, जयहरी शर्मा, बोधनारायण चौधरी, श्यामलाल मिश्र, हरिनाथ बास्तोलाले मन्तव्य राख्नुभएको थियो ।

यसैगरी नेपाली काङ्ग्रेसका महामन्त्री परशुनारायण चौधरी २०३७ साल वैशाख १ गते सुनसरीको भ्रमणमा आउनु भई सोही दिन वहाँले सुनसरीको सुदुर मध्यवर्ती गाउँ अमाही बेलहा गा.वि.स.मा बोल्दै राजाबाट आममाफी पाएकोमा स्वागत गर्नुभयो । सो आमसभाको सभापतित्व बल्लु गच्छदारले गरेका थिए भने मन्तव्य राख्नेहरूमा जिल्ला सभापति हरिनाथ बास्तोला, सचिव हरि सापकोटा, जिल्ला सदस्य गिरिराज आचार्य, नेविसंघका वीरेन्द्र कार्की, हरिनारायण चौधरी, जयनारायण चौधरी (प्रम) हुनुहुन्थ्यो । यसैगरी भादगाउँ सिनबारी गा.वि.स. (झुम्का) को आमसभामा महामन्त्री परशुनारायण चौधरीले सम्बोधन गर्नुभयो । सो आमसभाको सभापतित्व स्व. सन्तलाल चौधरीले गर्नुभएको थियो भने मन्तव्यमा जिल्ला सभापति हरिनाथ बास्तोला, सचिव हरि सापकोटा, भक्त गोविन्द श्रेष्ठ, मेजरसिंह लिम्बू (धरान) नेविसंघका वीरेन्द्र कार्की, जगदीश नेपाली, श्रीमती माधवी रिमालले मन्तव्य राख्नु भएको थियो । यसै गरी परशु नारायण चौधरीले सम्बोधन गर्नुभयो । सो अवसरको सभापतित्व बलभद्र खड्गीले गर्नुभयो भने मन्तव्य राख्नेहरूमा मेजर प्रेमसिंह लिम्बू, हरिनाथ बास्तोला, सचिव हरि सापकोटा, बोधनारायण सरदार मो. इस्माइल हुनुहुन्थ्यो ।

यसैगरी राजा वीरेन्द्रबाट आम माफी भएपछि निर्वासनमा बस्नु भएका महामन्त्री गिरिजाप्रसाद कोइराला वैशाख ८ गते नेपाल फर्कनुभयो । वहाँले काठमाडौंबाट सिधा विराटनगर आएपछि त्यसको भोलिपल्ट सुनसरीबाट आमसभामा सम्बोधन गर्नुभयो वहाँले सुनसरीको देवानगञ्जको आमसभामा बोल्दै भन्नुभयो आगामी जनमत सङ्ग्रहमा मरिसकेको पञ्चायतको दाहसंस्कार गर्नुपर्छ । यसैगरी सोही दिन वहाँले सुनसरीका अमादी बेलहा साहब गञ्ज, कप्तान गञ्ज, हरिनगरा, घुस्की भुटाहा, इटहरी, इनरुवा, झुम्का, सोनापुर, दुहवी र धरानको आमसभालाई सम्बोधन गर्नु भएको थियो । सबै सभाहरुको सभापतित्व हरिनाथ बास्तोलाले गर्नुभयो । जनमत संग्रहको व्यापक प्रचार प्रसारमा बहुदल निर्दल पक्षका नेता कार्यकर्ताहरु गाउँ गाउँमा व्यस्त रहे । निर्दलको तुलनामा बहुदलले आमसभा विशेष आकर्षणको कुरा हुन आउथ्यो । २०१७ साल पछिको एउटा नयाँ युवा पुस्ताका लागि बहुदलीय प्रतिस्पर्धाको समयले धेरै कुरा बुझ्ने मौका प्रदान गरेको थियो । नेविसंघ अनेरास्ववियुका नव पुस्ता प्रचार प्रसारमा मग्न देखिन्थ्यो । जनमत संग्रहमा कम्युनिष्टहरुको धारमा स्पष्टसँग रसियन समुह र माक्र्सवादी समूह पुष्पलाल, मनमोहन समूह मात्र बहुदल प्रचारमा तल्लीन रहे ।

विरोध दिवस
बहुदलले प्रचारको सिलसिलामा नेपाली कांग्रेसले पौष १ गतेलाई कालो दिवस र पौष २२ गते विरोध दिवसका रुपमा मनाउने निर्णय गर्यो । सोही निर्णय बमोजिम सुनसरीमा पौष १ गते प्रजातन्त्रको हत्या भएको दिन कालो दिवसका रुपमा पार्टी कार्यालयहरुमा कालो झण्डा राखियो । नेपाली कांग्रेसले पौष २२ गते अधिराज्यभरी विरोध दिवस मनायो यो विरोध दिवस मनाउन पर्ने कारणमा सुनसरी कांग्रेसले एउटा अपील जारी गरी व्यापक प्रचार प्रसार गरियो । यसैगरी नेविसंघले पनि अपील जारी गरेको थियो ।

जनमत संग्रह आममाफी ः
जनमत संग्रहको घोषणा जेठ १०, २०३६ मा भयो । तर जेलमा रहेका र निर्वासनमा रहेका नेता, कार्यकर्ताहरुको आममाफी २०३७ वैशाख १ गते नयाँ वर्षमा मात्र राजा वीरेन्द्रले नव वर्षको शुभकामना दिने क्रममा गरे । यसरी १० महिनाको अवधीमा वहाँहरुले गर्ने बहुदल प्रचारबाट वञ्चित हुँदा निर्दलको जीतका लागि धाँधलीको चरण रुप अगाडि नै देखा परेको थियो । राजबन्दी आममाफीको क्रममा राजाबाट २०२५ साल र २०३७ सालमा आममाफी प्राप्त भयो । सुनसरीबाट आममाफी पाई निर्वासनबाट फर्कनेहरूमा महामन्त्री गिरिजाप्रसाद कोइराला, नेतृ नोना कोइरालासहित सुनसरीका प्रकाश कोइराला, शिवनारायण बस्नेत, नगेन्द्र ढुङ्गेल, विजय गच्छदार, भद्रलाल उराव, हरि डाँगी, छत्रध्वज बस्नेत, वालाराज कार्की, जसधन राई, दीप देवान, अमीन अन्सारी, सुलेमान अन्सारी, डा. गोविन्द पोखरेल, सुरेश पोखरेल, नच्छदी महतो लालवीर लिम्बू, कृष्ण साङपाङ, देवेन्द्र फुदुङ, सुकदेव मेहता, लक्ष्मण साह आदि रहेका थिए । यस्तै इलाम कारागारमा राखिएका सुनसरीका युवराज अधिकारी रिहा भए । तर, जनमत सङ्ग्रहमा अशान्ति मच्चाएको भनी सुनसरीबाट पक्राउ पर्नेहरूमा रामबहादुर बस्नेत, नारायण पोखरेल, अब्दुल सत्तार अन्सारी, अनिरुद्ध मेहता (अरविन्द), जिउद्धीन मियाँ, महेशमोहन पलिखे, हरि रोका, नच्छेदी मेहता, राजु राई (धरान), ध्रुव राई (धरान), डिल्ली राई (धरान), टेकबहादुर थापा (धरान) रहेका थिए ।

जनमत सङ्ग्रहमा तोडफोड गुण्डगर्दी काण्ड
जनमत सङ्ग्रहमा नेपाली काङ्ग्रेसले बहुदलको प्रचार गरेको बेला ठाउँ ठाउँमा बहुदलीय कार्यालयहरूमा तोडफोड गर्ने गुण्डागर्दी गर्ने कार्यहरू भए जसमा इनरुवा, इटहरी, दुहवीका नेपाली काङ्ग्रेस बहुदलीय जनमत सङ्ग्रह अभियान समितिका कार्यालयहरू तोडफोड गरिएका थिए । यसैगरी मधुवनमा नेपाली काङ्ग्रेसको बहुदलीय जनमत सङ्ग्रह अभियान समितिको कार्यालयमा तोडफोड गरियो । जयप्रकाश महतोको मिलमा आक्रमण गरी भौतिक सम्पत्तिमा क्षति पु¥याइयो । यहाँ गुण्डाहरूले गोली हावामा पड्काउँदा नारायणप्रसाद मेहता घाइते भए भने चैतु साह शहीद भए । यसैगरी बहुदल सभापति अब्दुल सत्तार सहिम अन्सारी भोक्राहा घाइते भए ।

त्यस्तै जनमत सङ्ग्रहमा बहुदलको हार र सुधारिएको निर्दलीय व्यवस्था जितपछि पुनः नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूलाई पिट्ने उनीहरूको व्यवसायमा तोडफोड गर्नेजस्ता गुण्डागर्दीका काम भए । यसरी गुण्डागर्दी र तोडफोडमा नेपाली काङ्ग्रेस जिल्ला सदस्य केदारनाथ श्रेष्ठको धरान–१२ मा रहेको फेन्सी सप कञ्चर इन्टरप्राइजेजमा मामालाई भेट्न आएका काङ्ग्रेस कार्यकर्ता शम्भु पलिखेलाई पिटेर घाइते बनाइयो । यसैगरी धरानमा शङ्कर आचार्य, राजेन्द्र आचार्य (धरान) र प्रकाशपुरमा केशव निरौला पिटिए ।

शिक्षकलाई प्रतिशोधपूर्ण कार्वाही
जनमत सङ्ग्रहमा शिक्षक कर्मचारीहरूलाई बहुदलको प्रचार प्रसारमा लागेको आरोपमा धरानका शिक्षकहरू चन्द्रमणि अधिकारी, शिशाम्बर झा र गोपाल वाग्लेलाई भुटाहाको हाइस्कूलमा सरुवा गरियो । त्यस्तै इनरुवाका शिक्षक पशुपति यादव (काङ्ग्रस) र शेरबहादुर भुजेल (कम्युनिष्ट) को शिक्षक पद खोसुवा गरियो ।

जनमत सङ्ग्रहमा बहुदलवादीलाई मुद्दा
जनमत सङ्ग्रहमा बहुदलको पक्षमा प्रचार गरेको र काङ्ग्रेसी भएको आरोपमा नेपाली काग्रेस सुनसरीका जिल्ला सदस्य विजय गच्छदार, रसुल अन्सारी, जयनारायण चौधरी, हमीद मियाँ, लक्ष्मण मेहतालाई डाका मुद्दा चलाइयो भने उनीहरूको घरमा खानतलासी पनि गरिएको थियो ।

राजश्व छली गरेको आरो

  काठमाडाैं / राजश्व छली गरेको आरोपमा तीन व

झापामा जङ्गली च्याउ

  झापा / झापाको कमल गाउँपालिका–५ मा व

देश भरका स्वास्थ्य स

  काठमाडाैं / संविधान दिवसका अवसरमा सरकारी

आजदेखि ब्लाष्ट दैनिक

धरान / आजदेखि ब्लाष्ट टाइम्स दैनिक २५ वर्षमा प्रवेश गरे


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved