बलिउड अभिनेत्री प्रियङ्का चोपडा, राजकुमार रावका साथ पर्दामा आउने भएकी छन् ।

फिल्म ‘द ह्वाइट टाइगर’ मा प्रियङ्का र राजकुमार एकसाथ आउन लागेका हुन् । अरविन्द अडिगले लेखेको उपन्यासकै नाम र कथामा आधारित फिल्म डिजिटल माध्यममा रिलिज हुने बताइएको छ ।

फिल्मलाई रमिन बहरानीको निर्देशन गर्नेछन् । यही फिल्मबाट आदर्श गौरवले डेब्यु गर्नेछन् । फिल्म यही वर्षको अन्तिमतिर छायाङ्कनमा जाने बताइएको छ ।

यो फिल्ममा प्रियङ्का अभिनेत्रीसँगै कार्यकारी निर्माता पनि हुन् । फिल्मले चिया पसलबाट ठूला व्यापारीसम्म बनेको एक व्यक्तिको कथा पेश गर्छ । सिनेमालाई मुकुल देओरा र नेटफ्लिक्सले निर्माण गर्न लागेका हुन् ।