विराटनगर /  भन्सार छलेर आयतित गरेको माछा प्रहरीले बरामद गर्दा माछा व्यवसायीहरूले विराटनगरमा लफडा गरेका छन् ।
प्रहरीले चेकजाचको क्रममा अनाआवश्यक रुपमा दुःख दिएको भन्दै आयतित करिब २ सय केजी माछा सडकमा फालेर हिजो दिउँसो विराटनगरमा लफडा गरेका हुन् ।
भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छलि गरी माछा ल्याउदै गरेको विशेष सूचनाको आधारमा मोरङ प्रहरीले विराटनगर– १२ रोडशेष चौकमा शनिबार ठेलामा ल्याएको माछा नियन्त्रणमा लिएको थियो ।
भन्सार तिरेको विल भरपाई नभएको ठेला रोकी चेकजाँच गर्ने क्रममा केही मानिसहरूको हुल हुज्जत गरेर अवरोध पु¥याएको प्रहरीले जनाएको छ । विराटनगर – १० सोमबारे हाटस्थित अजय कहारले संचालन गर्ने जय बावा फिस सेन्टरले भारु १ लाख ९९ हजार ५ सय रुपैयाँ खरिद गरि ३५ क्यारेट माछा ल्याएका थिए । एक क्यारेटमा ३८ केजी माछा हुने गरेको छ । उनले ३५ क्यारेटको भन्सार ३६ हजार ४ सय रुपैयाँ तिरेर ल्याएको दाबी गरेका छन् ।
प्रहरी प्रशासनले अनवाश्यक रुपमा चेकजाँचको नाममा दुःख दिने गरेको उनले बताए । भारतबाट नेपाल माछा भित्रयाउने लिलम सहनीले भन्सार तिरेर माछा आयत गराउँदा पनि प्रहरीले दुःख दिने गरेको आरोप लगाइन् । ‘शनिबार पनि नियम अनुसार भन्सार तिरेर माछा ल्याएको थिए,’ उनले भनिन्, ‘प्रहरीले चेकजाचको नाममा दुःखु दियो ।’ चेकजाचको क्रममा प्रहरीले करिब २ सय केजी माछा सडकमा फालिएको उनीहरूको आरोप छ । उनीहरूले शनिबार दिउँसो एक घण्टा सडकमा फागेको माछाको छतीपूर्ती दिनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए । उनीहरूले आयत गरेको माछा पगास र रहौं प्रजातिका हुन् । यो माछा नेपालमा ३ सय देखि साढे ३ सय रुपैयाँ प्रतिकेजी विक्री गर्दै आएका छन् ।
मोरङ प्रहरीका डिएपी घनश्याम श्रेष्ठले चेकजाँचको क्रममा नियन्त्रणमा लिईएको अन्दाजी २ सय केजी माछा विराटनगर भन्सार कार्यालय रानीमा आवश्यक कारवाहीको लागि पठाइएको जानकारी दिए । भन्सार छलेर ल्याएको माछा भएकोले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ । बरामद गरेको माछा व्यापारीहरू स्वयमले अवरोध गरेर सडकमा माछा फालेको प्रहरीको भनाई छ । प्रहरीको अनुसार माछा व्यापारीहरूले ५ ठेला माछा आयत गरेको भन्सार मुल्य तिरे भने सोही बरावरको माछा अवैध रुपमा भित्राउने गरेको दाबी गरेको छ । प्रहरीले चेकजाँचमा कडाई गर्दा माछा व्यापारीहरू विभन्नि बहनामा प्रहरीमाथि जाइलाग्ने गरेका छन् ।