सुन्दर हस्तलेखन आत्मसन्तुष्टिको खुराक हो भन्ने नेपोलियनको भनाइबाट यो लेख प्रारम्भ गर्दै छु । व्यक्तिका लागि आफूले लेख्ने अक्षर पनि उसको ज्ञान र व्यक्तित्वको परिचय बन्दछ । यसको उदाहरण लिन सकिन्छ । हाम्रो देशका विद्यार्थीहरू प्रत्येक वर्ष विश्व हस्तलेखन प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै आएका छन् । हुन त अहिलेको विज्ञान र प्रविधिको युगमा अक्षरको महत्व धेरै छैन भन्ने तर्कहरू पनि पाइन्छन् तथापि हस्तलेखनको सम्मान जतासुकै हुन्छ । मोनालिसाको चित्र अगाडि डिजिटल फोटो सस्ता र दुरुस्त भए पनि फिका नै सावित हुन्छन् । यसैले हस्तलेखन प्रति सबैको चासो हुनु जरुरी छ । उत्कृष्ट लेखनमा जोड दिन आवश्यक छ । अहिलेको समयमा हस्तलेखन सुधार्नुपर्ने स्थिति धेरै विद्वान्हरूको तर्क छ । अक्षरले नै विद्यार्थीहरूको सकारात्मक मनोवैज्ञानिक व्यवहारमा पनि असर गरिरहेको हुन्छ । प्रत्येक शिक्षक शिक्षिकाले राम्रो लेख भनिरहनु भएको हुन्छ ।

तर, हस्तलेखनको प्राविधिक सीप अभावको समस्या हुनसक्छ । राम्रो अक्षर सिक्न चाहने विद्यार्थी र सिकाउन चाहने शिक्षकको महत्व बढेका पाइन्छ । सुन्दर हस्तलेखन बालबालिकाको सफलताको पहिलो खुड्किलो हो । यसले परीक्षामा राम्रो अङ्क मात्र ल्याउने होइन । परीक्षकलाई नै प्रोत्साहित बनाएर थप अङ्क ल्याउन पनि मद्दत पुग्दछ । राम्रो अक्षरले प्रत्येक प्रश्नमा झण्डै एक अङ्कको फरक पार्दछ । जसले पूरा पूर्णाङ्कमा दश अङ्क नै बढी आउन सक्दछ । राम्रो अक्षर भएमा आफूलाई पनि आत्मसन्तुष्टि प्राप्त भई झन् राम्रो लेख्न हौशला मिल्दछ । हस्तलेखन एउटा त्यस्तो ऐना मानिन्छ जहाँ बालबालिकाको शारीरिक, मानसिक र बौद्धिकताको छाया देख्न सकिन्छ ।

हस्तलेखन राम्रो बनाउने बालबालिकालाई परिवार, स्कूल, शिक्षक, साथीभाई सबैतिरबाट प्रशस्त प्रशंसा पाउने गर्दछ । यस्तो हस्तलेखनको प्रारम्भ यसरी गर्न सकिन्छ । जब बालक हुर्कँदै जान्छ, बढ्दै जान्छ । सिकाइका चार सीपहरू सुनाइ, बोलाइ , पढाइ र लेखाइमध्ये लेखाइ सीप विकाशको आवश्यता पर्दछ । बालबालिकाको स्वतन्त्र मष्तिस्कमा कुनै दबाव नपारी अक्षरका आधारभूत सरचनाहरू क्रमगत रूपमा सिकाउनुपर्दछ । अक्षरका प्याटन्र्सका रूपमा आवश्यक सरचनाहरू कोर्न तयार हुन आवश्यक छ । हस्तलेखनको कुनै पनि चुनौतीहरूलाई समाधान गर्न सकिन्छ भन्ने सोच राख्न आवश्यक छ । सिकारुले चाहे जस्तो सुन्दर अक्षर पनि निर्माण गर्न सकिन्छ । स्मरण रहोस् संसारका हरेक भाषा र लिपिमा लेखिने माध्यम भनेको नै सीधा रेखा र बक्र रेखाको प्रयोग भएको पाइन्छ । सुन्दर हस्तलेखनले व्यक्तिको व्यक्तित्वमा प्रभाव पार्न सक्दछ । सुन्दर अक्षरले मानिसलाई अनुशासित र मर्यादित कार्यमा समर्पित हुन सहयोग पुर्याउँछ ।

एकाग्रता शक्ति बृद्धि गर्दछ । आत्माविश्वासलाई बढाउदछ । मानसिक स्वास्थ्यमा सुधार गरी आकर्षित व्यतिmत्वको बिकाश गराउदछ । मानसिक तनावलाई कम गराउदछ । मनलाई नियन्त्रण गर्दछ । अनावश्यक सोचाईवाट मुक्त गर्दछ । सिर्जनशील र चिन्तनशिल बनाउदछ । परीक्षामा सोचेभन्दा राम्रो अक प्राप्त गर्न सकिन्छ । स्मरण शक्तिको बृद्धि गराउदछ । अक्षर राम्रो बनाउन विविध उपायाहरु अपनाउन सकिन्छ । अक्षर लेख्नुभन्दा पहिले आफना अक्षरहरु राम्रा , सुन्दर र आकर्षक भएको कल्पना गरी दैनिक ध्यान गर्ने बानि बसाल्नु पर्दछ । एकान्तमा एक्लै बसी एयर लेखनमा अभ्यास गर्नु पर्दछ । सुन्दर अक्षर लेखनबाट हुने फाइदाको बारेमा अध्ययन गर्नु जरुरी छ । लेख्नु भन्दा अघि औला तथा हातका मासपेशीहरुको अभ्यास गर्ने बानिको बिकाश गर्नु पर्दछ ।

विसदेखि तीस मिनेट सम्म नियमित रुपमा हस्तलेखन अभ्यासको आवश्यक छ । लेख्नको लागि शारिरीक र मानसिक रुपमा तयार हुनु पर्नेछ । पढ्न लेख्न मन नलागेको समयमा चित्रकला जस्ता सिर्जनात्मक क्रियाकलाप गर्नु पर्दछ । लेख्न बस्ने डेस्क, बेन्च सहज किसिमको हुनु पर्दछ । अक्षरको सरचना सहि हुनु पर्दछ । अक्षर सफा र स्पष्ट हुनु पर्दछ । सबैले बुझ्ने र सर्वमान्य हुनु पर्दछ । अक्षरको आकार समान हुनु पर्दछ । सबै अक्षर एकै कोणमा ढल्किएको हुनुपर्दछ ।

नेपाली अक्षरको हकमा जहिले पनि लाइनभन्दा मुनि झुण्ड्याएर लेख्नु पर्दछ । अक्षरको माथि अनिवार्य रुपमा डिको तान्नु पर्दछ । डिको दिदा सीधा र कापीको तेर्सो धर्का छोपिने हुनु पर्छ । डिकोले सबै अक्षर र मात्रामा आदिलाई छुनु पर्छ । एउटा अक्षरले अर्को अक्षर र एउटा शब्दले अर्को शब्द छुनु हुदैन । अक्षर र मात्राको ढल्काई उस्तै हुनु पर्छ । मात्राले तल्लो वा माथिल्लो लाइनको अक्षरलाई छुनु हुदैन । एउटा शब्द र अर्को शब्दको दुरि एउटा अक्षर बराबरको हुनुपर्छ । डिकोले सम्पूर्ण अक्षरको वर्गलाई समेट्नुपर्छ । अक्षर र अक लेख्दा एउटै सतहमा हुनु पर्दछ ।

तर हस्तलेखन प्रारम्भ गर्दा अक्षरको सरचना कस्तो हुन्छ भन्ने थाहा नभएमा हस्तलेखन बिग्रन्छ । लेख्न बस्दाको शारिरीक अवस्था बिग्रन गएमा पनि हस्तलेखन बिग्रन्छ । नबुझी नबुझी लेख्न प्रयास गरेमा पनि हस्तलेखन बिग्रन्छ । हतारमा धेरै लेख्ने प्रयास गरेमा पनि हस्तलेखन बिग्रन्छ । लेखाइको उमेर र क्षमताभन्दा बढी लेखाइ लेख्ने गरेमा पनि हस्तलेखन बिग्रन्छ । अक्षर लेखनको अभ्यास कम भएमा पनि हस्तलेखन बिग्रन्छ ।

अभिभावकले स्वतन्त्र रुपमा लेख्न नदिएमा हस्तलेखन बिग्रन्छ । कलम समात्ने औलाहरुको शारिरीक व्यायम नभएमा हस्तलेखन बिग्रन्छ । प्राथमिक आधारभूत लेखाई सीप नसिकाई अक्षर सिकाई गरेमा पनि हस्तलेखन बिग्रन्छ । लेखाइको समयमा रुचि उत्पन्न नभएमा हस्तलेखन बिग्रन्छ । बस्ने डेस्क र बेन्चको अवस्था राम्रो नभएमा हस्तलेखन बिग्रन्छ । यस्ता कमजोरीहरुलाई ध्यान राख्दै सम्पुर्ण विद्यार्थी , शिक्षक र हस्तलेखन प्रेमीहरुलाई यो लेख प्रेरणाको श्रोत बन्न सकोस भन्ने मेरो आग्रह हो ।