धरान/ ओस्कार अवार्डमा धेरै नेपाली फिल्महरू स्पर्धाका लागि पुग्ने गरेका छन् । तर, पनि सहभागितामै सीमित बन्ने गरेको छ ।

हरेक वर्ष झैं यो पटक ओस्कार अवार्डका लागि नेपालबाट बुलबुल फिल्म सिफारिस गरिएको छ । अन्तर्राष्टिूय फिचर फिल्म विधामा बुलबुललाई सिफारिस गरिएको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले बुलबुललाई छनौट गरेको छ । तर, अवार्ड भने सन् २०२० मा मात्रै घोषणा गरिनेछ ।

समितिले १ अक्टोबर २०१८ देखि ३० अगष्ट २०१९ सम्म प्रदर्शन भएका फिल्महरूलाई सहभागिताका लागि आह्वान गरेको थियो । सोही आह्वानमा बुलबुलसमेत सहभागी बनेको थियो । सोही आधारमा बुलबुल छनौट भएको हो ।

बुलबुलले ९२ औं ओस्कार अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा अन्य देशका फिल्मसँग स्पर्धा गर्ने भएको छ । आगामी फेब्रुअरी ९ मा प्रतिस्पर्धा गराइँदै छ । बुलबुलमा स्वस्तिमा खड्का र मुकुन भुषालको अभियन रहेको छ । जुन खड्का टेम्पो चालकको रूपमा देखिएकी छन् । फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् ।