जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको मृत्यु

alt
  • भदौ २०, २०७६
  • २१८ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको छ। उनी जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री निर्वाचित भएका थिए। पछि उनी राष्ट्रपति भए।

उनले तीन दशक देशमा शासन गरेका थिए। उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार हुँदै थियो।

परिवारले मुगाबेको मृत्यु भएको बीबीसीसँग पुष्टि गरेको छ। सन् २०१७ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनलाई सेनाले नजरबन्द गरेको थियो।

जिम्बाब्वेका शिक्षासचिवले मुगाबेको मृत्युमा शोक प्रकट गर्द ट्वीट गरेका छन्। मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा भएको थियो। तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो।

देश स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे जिम्बाब्वेको प्रधानमन्त्री निर्वाचित भए। त्यसपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बने।

आफ्नो शासनकालका सुरुका वर्षमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई पहुँच दिएर प्रशंसा बटुले।

तर उनको विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भयो। पछि उनको शासनकाल अख्तियार दुरुपयोग र भ्रष्टाकारका कारण विवादास्पद बन्यो।

उनका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले मुगाबेको निधनमा शोक प्रकट गर्दै उनलाई 'जिम्बाव्वे स्थापना गर्ने पिता' तथा 'मुक्तिका प्रतीक' को सङ्ज्ञा दिएका छन्।

सन् १९७३ मा कारागारभित्र हुँदा नै उनी जिम्बाब्वे अफ्रकिन न्याश्नल यूनिअन (जानु) को अध्यक्ष निर्वाचित भएका थिए। उनी जानुका संस्थाका संस्थापक सदस्य थिए।

पथरी क्षेत्रमा लागूऔ ...

पथरी / इलाका प्रहरी कार्यालय पथरीको क्षेत्रमा लागूऔषध क ...

आजको राशिफल, कात्तिक ...

श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ स ...

एनसेले बाढ्यो ल्यापट ...

बिराटनगर /  एनसेल प्राईभेट लिमिटेडले हाल संचा ...

प्रदेश सरकारको बजेटल ...

धरान । धरानको मुख्य वजार कोशी राजमार्ग अन्तर्गत पर्छ । ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved