धरान । आपराधिक क्रियाकलापमा संलग्न भएको आशंकामा वीरगञ्ज प्रहरीले एकजनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

मंगलबार राति वीरगञ्ज महानगरपालिका–१६ का २६ वर्षीय सन्तोष दासलाई गोली प्रहार गरी नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ । उनको घुँडामा एक राउण्ड गोली प्रहार भएको छ । घाइते बनेका उनलाई नारायणी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था सामान्य रहेको डिएसपी गौतम थापाले जानकारी दिए ।

उनको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने १७ राउण्ड गोलीसमेत बरामद गरेको छ । वीरगञ्ज–१३ राधेमाईमा नियमित चेकिङका क्रममा प्रहरीलाई पेस्तोल देखाउँदै भाग्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाउनु परेको डिएसपी थापाले जानकारी दिए । दास यसअघि एक मुद्दामा करिब १० वर्ष जेल सजाय भोगेर फर्किएको बुझिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।