धरान /  धरान उपमहानगरभित्र रहेको एलेम्बर सामुदायिक वन उपभोक्ता समुह प्रदेश १ को नमुना वन समुह हो । यहाँका वन क्षेत्रमा आन्तरिक पर्यटकहरुको बाह्रैमास घुइचो हुने गरेको छ ।

yalambar1
२०४६ सालको राजनीतिक परिवर्तन पछि उजाड बन्दै गरेको वन क्षेत्रलाई सरकारले समुदायमा हस्तान्तरण गर्ने नीति ल्यायो । यहि नीति अनुरुप समुदायले संरक्षण गरेको धरानका सामुदायिक वन समुहहरु यति बेला नमुना बनेका छन् । यहाँका वन समुहवीच वन संरक्षण र पर्यटकिय गन्तव्य बनाउन अघोषित रुपमा प्रतिस्पर्धा नै चलेको छ ।

yalambar2
यलम्बर वन समुहले वन संरुक्षण र पर्यटकीय गन्तव्य बनाए बापत गत २०६० सालमा सरकारले ५० हजार पुरस्कार राशीसहित गणेशमानसिंह हरियाली दोश्रो पुरस्कारसमेत हात पार्न सफल भएको े थियो । यो वन क्षेत्र २० हेक्टर जमिनमा फैलिएको छ ।
यहाँको मुख्य आकर्षण भनेको झोलुङ्गे पुल, त्यस मुनि माछा पोखरी, हरिण, मयुर, धनेस, खरायोलगायत रहेको मिनी जु हो । अर्को त्यहा निर्माण गरिएको ट्रि हाउस प्रमुख आकर्षणको केन्द्र बनेको छ । यलम्बर सामुदायीक वन उपभोक्ता समुहमा दैनिक रुपमा स्कुले विद्यार्थी, प्रेमि प्रेमिका घुम्न आउने गरेका छन् ।

yalambar3
२०५५ सालमा यहाँको यलम्बर सामुदायिक वन उपभोक्ता समुह बनाएर वनलाई पर्यटकिय क्षेत्र बनाउने अवधारणा ल्याएको थियो । यही वन समुहको सिको गरेर यहाँका सबै वन समुहले पर्यटकिय गन्तव्य बनाउन सबै लागि परेका छन् ।

yalambar4 yalambar6 yalambar5 yalambar8 yalambar7 yalambar banner