देउराली । कला र कलाकारहरुलाई कुनैपनि देशको सीमारेखाले बाँध्न सक्दैन । किनकि कला र कलाकारहरु एक देशका मात्र सम्पती हुँदैनन् ।

कला विश्वभाषा हो भने कलाकार सबै देश र भूगोलका हुँन् । भन्ने यथार्तवोध गर्दौ मिथिला कला दिर्धा ठमेलमा , इण्डोनेसिया र नेपाली कलाकारहरुको सामुहिक कला प्रर्दशनी चलिरहेछ । भदौ ११ गतेबाट सुरु भएको उक्त दुई देशका कलाकारहरुको सामुहिक कला प्रर्दशनीकोे उद्धाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपती गोपाल चित्रकार गरेका हुन् ।

३ इण्डोनेसियन र २५ नेपाली कलाकारहरुको उक्त प्रर्दशनीमा विविध शैली, माध्यम, विषय र भूगोलमा रहेर बनाइएका ५० भन्दा वढि चित्रहरु राखिएको छ । प्रर्दशनीमा राखीएका चित्रहरुले दर्शकलाई नौलो कलाआनन्द, ज्ञान र दर्शन दिने  कलाकारहरुको भनाई  छ ।

७ दिनसम्म चल्ने प्रर्दशनीमा नेपालका तर्फबाट श्याम सुन्दर यादव, तीर्थ निरौला, शुष्मा राजभण्डारी, रोशन प्रधान, विपना महर्जन लगायतका कलाकारहरुको सहभागीता रहेको देखिन्छ ।