भ्रमण वर्षलाई सहयोग गर्न नेपाली सेनाले देशभरबाट २५ नेपाली सैनिकलाई उदयपुरको बेलका ८ स्थित एशियन प्याराग्लाईडिङ एकेडेमीमा प्याराग्लाईडिङ कोर्ष सम्पन्न गरिएको छ ।
विभिन्न खेलमा विभागीय टिम बनाएर सफलता हासिल गरिरहेको नेपाली सेनाले प्याराग्लाईडिङको पहिलो विभागीय टोली उत्पादन गर्न सञ्चालन गरिएको प्याराग्लाईडिङ कोर्ष सम्पन्न भएको छ ।

गत साउन २५ गतेदेखि उदयपुरको बेलका नगरपालिका–८ मा सञ्चालित साहसिक खेल प्याराग्लाईडिङको १५ दिने कोर्षको शनिबार समापन गरिएको छ ।
सोलो पाइलटका लागि नेपाली सेनाका २४ जना खेलाडीहरूले प्रशिक्षण लिएका थिए ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेनाले करारमा नियुक्त गरेका पाइलटहरूले सेनालाई स्वर्ण दिलाए पछि सेनाले खोलाडी उत्पादनका लागि तालिम नै दिएको हो ।