धरान / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी हुने एकले अर्कोलाई खुइलाउने पैवृति बढे पछि पार्टी भित्र नयाँ अनुशासनको व्यबस्था गरिएको छ ।

अध्यक्ष प्रचण्डको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने रयदि बोल्न परेमा पार्टीको आन्तरिक प्रक्रियाबाट जानुपर्ने निर्णय गरेको छ । सार्वजनिक टिप्पणी गरेमा अनुशासनको कारबाही हुने व्यवस्था गरिएको छ ।

कोही नेता कार्यकर्ताले पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी गर्न परे पार्टीभित्रै प्रक्रियागत ढंगले राख्नुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । नेताहरु सामाजिक सञ्जालमा बाझाबाझ तथा एकले अर्कोको विषयमा खुल्इलाउने काम गदैं आएका थिए ।