धरान/ धरानको गीता मन्दिरले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रथयात्रा निकालेको छ ।

मन्दिर परिसरबाट निकालिएको रथयात्रा धरानका विभिन्न स्थानमा पुगेर पुनः मन्दिर परिसरमै आएर टुङ्गिएको थियो । रथयात्रामा नगरबासीको उल्लेख्य सहभागिता रहेको थियो । यात्रामा श्रीकृष्णको रूप धारण गरेका युवतीहरूलाई राखी नगर परिक्रमा गरिएको थियो । मन्दिर परिसरबाट शुरु भएको रथयात्रा छाताचौक, लक्ष्मीचोक, रेडक्रस चोक, सिंहदेवी चोक हुँदै पालिका चोक रत्नरोड हुँदै पुनः मन्दिरमा आई सम्पन्न गरिएको थियो ।

रथयात्रामा स्काउटका विद्यार्थीसहित नेवारको मौलिका नाँच लाखे नाँच पनि सहभागी बनेको थियो । रथयात्रासँगै प्रसाद वितरण गरिएको थियो । मन्दिरमा आएका भक्तालुहरूले प्रसाद ग्रहण गरेका थिए । गीता मन्दिरले बिहीबारदेखि नै कृष्णजन्माष्टमीको अवसरमा विविध कार्यक्रम गर्दै आएको थियो । कृष्णजन्माष्टमीसँगै लाखे जात्राको पनि विधिवत् अन्त्य गरिने प्रचलन रहेको छ । साउन सुक्ल पूर्णिमादेखि शुरु भएको लाखेजात्रा कृष्णजन्माष्टमीसँगै सम्पन्न गरिन्छ । त्यस्तै धरान–३ स्थित पालिका बजारको कृष्ण मन्दिरले पनि खटयात्रा निकालेको छ ।

gita-mandir-rathyatra (2)