धरान । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयले प्रदेश १ र २ का ४८ विद्यालयका विद्यार्थीहरूलाई एनसीसी तालिम प्रदान गरिरहेको छ ।
मोरङको याङ्शिलामा सञ्चालित तालिमको शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दीर्घबहादुर चन्दले बिहीबार अनुगमन गरेका छन् । तालिममा ४८ विद्यालयका १ हजार ७ सय २८ विद्यार्थीहरूले एनसीसी तालिम लिइरहेका छन् ।

सेवा दलले २०२२ सालदेखि नेपालमा एनसीसी तालिम गराउँदै आएको छ । हालसम्म सिनियर र जुनियर डिभिजन गरी ४३ हजार ६ सय ३२ जनालाई तालिम दिइएको छ । तालिममा साधारण सैनिक ड्रिल, एरोबिक्स, प्राथमिक उपचारसम्बन्धी ज्ञान, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिनेछ ।