धरान । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच धरान नगरसमिति समायोजन भएको छ ।

शुक्रबार धरान–८ लाङ्घाली सामुदायिक वनको हलमा सम्पन्न कार्यक्रममा पार्टी समायोजन भएको हो । पार्टी समायोजनसँगै नयाँ नगरसमितिमा ताजुब लिम्बू नगरअध्यक्षमा चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष बिना पुमा राई, उपाध्यक्षमा कृष्णबहादुर राई चयन भए ।

त्यसैगरी सचिवमा हेमराज जिमी याक्खा, सह–सचिव शम्भु पृथक राई र कोषाध्यक्ष हर्कलक्ष्मी राई चयन भए । यसैगरी सदस्यहरूमा सुमन चेम्जोङ, भगिराज चेम्जोङ, मिलन राई, जीवन राई, किरण नेवाहाङ, लहरमाया जिमी, मानयाङ किराती, लीला राई, नगेन्द्र याक्खा, कमला सुब्बा, गुणराज राई, मनिष खिम्जुङ राई, नरेन्द्र याक्खा, नेत्र देवान, कल्पना राई र पदम राई चयन भए ।

त्यसैगरी प्रेम राई, कविता याक्खा, केदार राई, रवि पाख्रिन, ममता राई, सावित्रा याक्खा, नरेश लिम्बू, राजकुमार याक्खा, सीता राई, नरेश विक, कमला तामाङ, कमलसिङ लिम्बू, नवराज राई, वसन्त लिम्बू, दिलकुमार राई, इन्द्र फोम्बो, सागर सरगम चेम्जोङ, कुमार प्रदान, श्याम लिम्बू, दासाङ शेर्पा, प्रवीण राई, राजेन्द्र राई, रमेश राई, माइतराज तामाङ, केशव खड्का, रोहित शङ्कर, गीताकुमारी राई, रञ्जना राई, राजेश राई र नन्द लिम्बूलगायत सदस्य रहेका छन् ।

पार्टीका वरिष्ठ नेता अशोककुमार राईले समायोजन भनेको दुई पार्टीका मान्छे एक हुनुमात्र नभई विचारको एकता, सङ्गठनप्रति एकता र भावनात्मक रूपमा एकता रहेको बताए । पार्टी समायोजनलगत्तै आगामी हुने उपनिर्वाचनको तयारी गर्ने उनले बताए ।