ब्लाष्टखबर। झापामा सवारी दुर्घटनामा परी एक महिलाकाे मृत्यु भएकाे छ । 

 कमला गाउँपालिका नजिक केर्खा बजारकाे पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ पूर्ववाट पश्चिम तर्फ आउदै गरेकाे एच आर ६९ सी ३१७१ नम्बरको भारतीय ट्रककाे ठक्करले अन्दजी ६० वर्षकी महिलाको मृत्यु भएको  इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।  

मृतककाे पहिचान खुलेकाे छैन ।  शव पोष्टमार्टमको लागि दमक स्थित दमक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।