श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र  ७ गते शनिबार, २४ अगष्ट २०१९ ।  भाद्र कृष्णपक्षको नवमी तिथि २३ः२२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रोहिणी २३ः००, उप्रान्त मृगशिरा । चन्द्रमाराशि वृष, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)

समय उत्तमखालको छ । काम गर्ने जोश, जागर र हिम्मत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

समय सामान्यखालको छ । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । शुभसमाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धन आर्जनका नया स्रोतहरू फेला पर्नेछन् । नया कार्य व्यवसायको शुभारम्भ हुनेछ ।
रमाइलोमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कार्य सम्पादनमा सहजता मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्य सिद्धि हुने योग छ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 शरीर अस्वस्थ रहला । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । कार्य व्यवसायमा सफलता प्राप्त हुनेछ । मन प्रसन्न रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मित्र मिलनको योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समय उत्तमखालको छ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । रमाइलोमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।