उदयपुर / हललहाउँदो हरियाली खेतको धान गोड्ने समयमा पनि उदयपुरको पहाडी भेगका अधिकांश खेत बाँझिदै गएको छ । समयमा पानी नपर्नु र लामो समयमसम्म खडेरी लाग्नाले खोला नाला सुख्न थालेपछि पहाडी भेगका खेत र बारी बाँझिन थालेको हो ।
खोला खहेरेमा वर्षाले पलाएको पानी र आकाशे पानीले धान रोप्ने खेत यतिबेला बाँझो देख्न सकिन्छ । लामो खडेरीले जिल्लाको माथिल्लो भेगका बासिन्दाहरुलाई नमजाले पिरोलेको छ । खडेरीले बारीमा लगाएको मकैको विउ समेत नफर्केपछि स्थानियबासीहरु गाउँ बस्नु न छाड्नु भएको छ ।
असारमा रहर लाग्दो रोपाई र मंसिरमा सुन झै देखिने धानको बाला झुल्ने खेत अहिले जगलमा परिणत हुदै गएको छ । पुर्खाहरुले आफ्नै पौरखले अन्नबाली उब्जाएर खाने खेत अहिले जंगल बन्दै गएको स्थानियहरुले बताएका छन् ।
पहिला पहिला महिनै पछि पानी पर्ने र खोला भेल बाढी जाने गर्दथ्यो आज भोलि त खानेपानीको समेत समस्या पर्न थालेको स्थानियहरु बताउँछन् । खेतमा पानी लगाउन आधा दिन लाग्ने कुलोको मुहान धाएर खेत रोप्ने देखि खोला किनार छेउछाउको समेत खेत बाँझिन थालेको स्थायनी मोहन राईले बताए ।
आफ्नै खेत बारीमा उत्पादन गरेर फलाएको धान खाने कृषकहरु अहिले बाहिरबाट आएका चामल किनेर खान बाध्य भएको राईले बताए । बारीमा छरेको मकै पनि खडेरीले सखाप पार्ने र खेतमा धान रोप्न नपाएपछि खाद्यन्न संकट पर्ने गरेको उनले बताए ।
गाउँ घरमा पैदल ४÷५ घण्टा लाग्ने कुलोको मुहानबाट पानी ल्याएर पनि खेतमा धान रोपेर धान फलाउने गर्दथ्यो । तर अव त्यो कथा झै भैसकेको स्थानिय राईले बताए । लामो दुरीको कुलो त के खोला किनार आसपासको खेतहरु समेत बाँझिन थालेको उनले बताए ।
पानीको श्रोत सुख्न थालेपछि लामो दुरीको खुलो संचालनमा आउन छाडेसँगै खेतमा कसैले कोदो त कसैले तेतिकै बाँझै छाड्न थालेको छ । काम गर्ने मान्छे नहुदा बारीसमेत बाझिन थालेको स्थानिय नगरबहादुर मगरले बताए । खडेरी, पानीको मुहान सुख्ने र बाँदर आतंकले गर्दा गाउँघरमा जंगल छेउछाउको खेत बारी बाँझै छाड्न थालेको स्थानिय उनले बताए ।
धान रोप्ने समयमा बारीमा मकै छरेपछि खेत बाँझिएको हो । पहाडको उच्चाई हेरेर लेकमा फागुन, कछाँड तिर चैत अन्तिम वा बैशाख र बेँसीमा बैशाखमा छर्ने मकै खडेरीले असारमा छरेपछि खेत बाँझीएको मगरले बताए । खोलाको पानी सुख्न थालेपछि अधिकांशले १०÷१२ वर्ष पहिलादेखिनै खेतमा कोदो रोप्न थालेको उनले बताए ।
यसपालिको खडेरीले रौतामाईको तल्लो भेग, लिम्चुङ्बुङ् र ताप्लि गाउँपालिका र कटारी नगाउँपालिकाको तल्लो भेगका स्थानियबासीहरुले बारीमा छरेको मकैको विउ समेत फर्केको छैन ।