उर्लाबारी/नगरपालीकाको मुद्धा उच्च अदालत बिरानगरमा बिचाराधिन रहेको अवस्थामा एक्कासी अलप भएका उर्लाबारी नगरपालीका नगर प्रमुख खड्ग फागोले उच्च राजनितीक तह सग“को भेट्घाटले गतिरोध अन्त्य हुने आशा नगरबासीमा पलाएको छ ।

स्रोतका अनुसार उच्च सरकारी तहबाट राजधानी आउन नगर प्रमुख फागोलाई बोलावट भए पछि नगरमा नेपाली कांग्रेसले शुरु गरेको जागरण कार्यक्रम छाडे्र राजधानी गएका हुन । नगर प्रमुख फागो नेपाली कांग्रेसका क्षेत्रिय सभापति पनि हुन र पार्टीले संचालन गरेको जागरण कार्यक्रम नगरपालीकामा भएका यथार्थता नगरबासीलाई सुचित पार्ने कार्यक्रम हो । नगरमा पार्टीले संचालन गरेको कार्यक्रम छाडेर राजधानी जानुले समस्यामा समधानमा सहयोग पुग्ने अपेक्षा कांग्रेसपक्षका अगुवा कार्यकर्ताहरुको बुझाई रहेको छ ।

सोमबार काठमाण्डौ गएका नगर प्रमुख फागोले नगरमा आएको समस्याका बिषयमा उच्च तहमा भेटघाट गरी गतिरोध अन्त्यको पहल गरेका छन । नगर प्रमुख फागोले आफना बिभागिय मंन्त्री संघिय मामीला तथा सामान्य प्रशासन मंन्त्री लालबाबु पंडीत, गृह मंन्त्री रामबहादुर थापा, महान्याधिवक्ता अग्नीप्रसाद खरेल, संघिय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, संघिय संसद घनश्याम खतिवडा सग“ भेटघाट गरी नगरको समस्याको गतिरोध अन्त्य तथा समृद्ध नगर निर्माणका लागि सहयोग जुटाउन आग्रह गरेका छन । मंन्त्री पंडीत मोरङ जिल्लाबासी हुन भने उपसभामुख डा. तुम्बाहाम्फे उर्लाबारीबासी र संसद खतिवडा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित संसद हुन ।

राजधानी जानुको बिषयमा नगर प्रमुख फागोले नगरलाई समृद्ध पार्ने योजना तथा दमकलको माग गर्न गएको बताए पनि नगरमा भएका बिषयमा यथार्थता समेत जानकारी गराएको जनाएका छन । भेटघाटमा नागरिकलाई केन्द्र विन्दुमा राखेर विधी र नियम अनुसार नगरपालीका संचालन गर्न सुझाएका स्रोतले जनाएको छ । उता नगर प्रमुख फागोले आपसी सहमती सगै“ अदालतमा मुद्धा पुगेकोले कानुन अनुसार नै समस्याको समाधान हुने बताएका छन ।

श्रावण २७ गते अदालतले चौथो नगरसभाका निर्णय कार्यन्यवन नगराउन आदेश गरे पछि २८ गते देखि अदालतको आदेशको संम्मानका लागि नगरका प्राय अधिकांश सेवा बन्द रहेका छन ।