ताप्लेजुङ । डिफेन्डिङ च्याम्पियन रेडस्टार झापालाई पराजित गर्दै चौथो संस्करणको पाथीभरा गोल्डकपको च्याम्पियन सुनसरीको एलाभेन एरोज फुटबल क्लब भएको छ ।

शुक्रबार सम्पन्न फाईनलमा झापाको रेडस्टार क्लबलाई ट्राईबे्रकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सुनसरी च्याम्पियन बनेको हो । सुनसरीका लागि ट्राईबे्रकरमा रुपेश केसी, जीवन धामी, प्रिसो एप्स र उमेश कार्कीले गोल गरे । झापाका लागि भने पुजन उभरकोटी र निशान लिम्बूले गोल गरेका थिए । झापाका योगेश गूरुङ र विकास थुलूङले भने गोल गर्न सकेनन् । निर्धारित समयमा २÷२ को बराबरी भए पछि ट्राईब्रेकरबाट निर्णय लिईएको थियो ।

दोश्रो हाफको १५ औँ मिनेटमा योगेश गुरुङले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए । तर खेलको २९ औँ मिनेटमा सुनसरीले बराबरी गोल फर्कायो । डि एरियाबाट यानिक ओनाले प्रहार गरेको गोलले जाली चुम्यो । तर खेलको ४२ औँ मिनेटमा रेडस्टारका लागि मिलन राईले लोभ लाग्दो गोल गरे । अग्रता धेरै समय टिकेन ४९ औँ मिनेटमा सुनसरीका सुसन तामाङले सुन्दर गोल गरे । निकै रोमाञ्चक फाईनल खेलको पुरै समय संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हेरेका थिए ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सुनसरीका प्रवेश दनुवार घोषित भए । त्यस्तै बेष्ट डिफेन्स सुनसरीकै विष्णु सुनुवार, वेष्ट मिड फिल्ड झापाका योगेश गुरुङ, वेष्ट फर्वाड झापाका मिलन राई, वेष्ट कोच सुनसरीका विश्वबन्धु पोखरेल बने । त्यस्तै प्रतियोगिताको उदयमान खेलाडीको उपाधी ताप्लेजुङ ११ का मनिराज लिम्बू र उच्च गोलकर्ता सुनसरीका यानिक ओना बने । प्रतियाेगिताभरि उनले ४ गोल गरेका थिए ।

जीत संगै सुनसरीले नगद ३ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको साविक विजेता झापा भने नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो । विजयी टिम तथा खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई लगायतले पुरस्कार वितरण गरे । साउन ३० देखि सुरु भएको प्रतियोगितामा भारतको एक सहित १० टिम सहभागि थिए । लाखेजात्राका अवसरमा २०२९ सालदेखि प्रतियोगिता हुन थालेको हो । प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गर्दै जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले खेल आयोजना गरिएको हो ।