धरान / इडन एकेडेमी कन्सल्टेनसी प्रालि धरानको यही भदौ ८ र ९ गते शैक्षिक मेला तयारी पुरा भएको बताएको छ ।
प्रालिले आज धरानमा पत्रकार सम्मेलन गरेर विभिन्न देशका कलेजका प्रतिनिधिहरुको उपस्थितिमा हुने ‘इडन एजु फेयर’ मेला धरानमा ८ र इटहरीमा ९ गते हुने जनाएको छ ।
प्रालिका प्रमुख मोहन तिगेलाका अनुसार शैक्षिक मेलामा ५ देश अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानाडा, अमेरिका र भारतका विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहने छन् । कलेजका प्रतिनीधिहरु नेपालद आउन ेक्रम जारी रहेको प्रालिलेृ जनाएको छ ।

इडनले धरानमा विगत ११ बर्ष अघिदेखि बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको छ । इडनको सेवा पछि बैदेशिक अध्ययनका लागि काडमाडौ ध्याउन पर्ने बाध्यता अन्त्य भएको छ ।  

eden