पथरी /  मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ ।
सुन्दरहरैचा–१२, बस्ने ४१ बर्षय कुमार अधिकारी र ३२ बर्षय कविता अधिकारी, सुन्दरहरैचा –९ बस्ने २६ बर्षय मुना दाहाललाई पथरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको तीन जनाले सुन्दरहरैचा –११, बेलेपुरका ३१ बर्षय अन्जु खड्कालाई हत्या गरी कानेपोखरी जंगलमा लगेर झुण्डाको अभियोग लागेको छ ।
मृर्तकको पती गणेश खड्काले तीन जनाको नाममा इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिए पछि प्रहरीले ४ गते बुधबार उनहरुलाई पक्राउ गरेको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत वडा नं. ७, स्थित कानेपोखरी पूर्व कृर्षी मार्ग विहिबारे जानेबाटोको राजमार्गदेखि दुईसय मिटर दक्षिण गत साउन २५ गते शनिबार ८ बजे राती झुण्डीएको अवस्थामा अन्जु खड्काको शव फेला परेको थियो । सुरुमा आत्महत्या गरेको भन्दै पोष्टमार्टम गरेर अत्येस्टी गरेता पनि बैदेशीक रोजगार साउदीमा रहेको मृर्तकका पति गणेश खड्का नेपाल आएर तीन जनाले हत्या गरेर रुखमा झुण्डाएको भदौ २ गते सोमबार किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय पथरीका डिएपी लक्ष्मी अधिकारीले बताए ।
पक्राउ गरिएकोलाई विहिबार म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाईएको छ । आरोपीत मध्येका कुमार अधिकारी हार्डवर व्यापारी हुन । मृतक खडकाले घर निर्माणको क्रममा सोही हार्डवरबाट घरमा लाग्ने सामानको कारोबार गरेको उनको पतिले बताएका छन् । हार्डवर संचालकलाई रकम दिन बाँकी रहेको देखिएको र अन्य दुईजना आरोपीत भने मृर्तक अन्जुकोमा आउनेजाने नजिक देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको पथरी प्रहरीले बताएका छ ।

eden