संसारको सबैभन्दा पुरानो वेबक्याम बन्द गरिने

alt
  • भदौ ६, २०७६
  • ४७१ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ विश्वको सबभन्दा पुरानो निरन्तर चलिरहेको वेबक्याम २५ वर्षपछि बन्द गरिँदैछ।

सन् १९९४ मा उक्त 'फग क्याम' जडान गरिएको थियो। त्यसको उद्देश्य सान फ्रान्सिस्कोको स्टेट युनिभर्सिटी क्याम्पसमा मौसम कसरी परिवर्तन भइरहन्छ भनेर अवलोकन गर्नुथियो।

त्यसपछि उक्त वेबक्यामले नियमित मर्म सम्भारको बेलाबाहेक निरन्तर प्रसारण गरिरह्यो।

यसका निर्माताहरूले अब उक्त वेबक्याम राख्ने उपयुक्त स्थान नभएकाले बन्द गर्न लागिएको बताएका छन्।

ड्यान वङसँग मिलेर उक्त वेबक्याम जडान गरेका जेफ स्वार्जले अगस्ट ३० मा बन्द हुने बताए।
'हामीलाई लाग्यो अब यो बन्द गरिनुपर्छ,' स्वार्जले एसएफ गेट पत्रिकालाई भने।

वेबसाइट भने चलिरहने
सो फगक्याम बन्द गरिएपनि यसले प्रसारण गर्ने भिडिओ देखाउने वेबसाइट भने चलिरहनेछ।

स्वार्जका अनुसार सन् १९९३ मा केम्ब्रिज विश्वविद्यालयमा राखिएको संसारकै पहिलो लाइभ-क्यामबाट प्रेरित भई उक्त वेबक्याम उनले जडान गरेका हुन्। केम्ब्रिजको सो लाइभ-क्याम सन् २००१ मै बन्द भएको थियो।

सन् १९९४ ताका स्वार्ज र वङ उदाउँदा प्रोगामर थिए। वेबक्याम प्रोजेक्टलाई उनीहरूले कोडिङको अभ्यास गर्न र प्राम्भिक चरणको वेब प्रविधि बुझ्न प्रयोग गरेका थिए।

'यो सानो पहल थियो तर यसको आफ्नै जीवनजस्तो बन्यो,' उनले पत्रिकालाई भने। 'मानिसहरूले रुचाएका कारण हामीले यसलाई चलाइरह्यौँ।'

'हाम्रो वेबक्याम इन्टरनेटका प्रारम्भिक दिनहरू सम्झाउने प्रतीक पनि हो,' स्वार्जले भने।

राजश्व छली गरेको आरो

  काठमाडाैं / राजश्व छली गरेको आरोपमा तीन व

झापामा जङ्गली च्याउ

  झापा / झापाको कमल गाउँपालिका–५ मा व

देश भरका स्वास्थ्य स

  काठमाडाैं / संविधान दिवसका अवसरमा सरकारी

आजदेखि ब्लाष्ट दैनिक

धरान / आजदेखि ब्लाष्ट टाइम्स दैनिक २५ वर्षमा प्रवेश गरे


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved