धरान / तीज आउन एक महिना अघि महिलाहरु भेला भएर नाचगान गर्ने, दर खाने र रमाइलो गर्ने गर्छन । ठूलो आवाजमा गित घन्काएर नाचगानले विकृति नै ल्याएको बेला महिला सञ्जाल धरानले भने जीजलाई फरक तरिकाले मनाएको छ । तीजको अवसरमा महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रदृशसनी तथा बजारिकरणका लागि तीन दिने महिला उद्यमी मेला शुरु गरेको छ ।
भडकिलो तीजलाई उत्पादकमुलक बनाउन र महिलाका उत्पादनलाई बजार खोज्न यस्तो मेला आयोजना गरिएको महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले बताइन । ‘महिलाहरु अव नाचगान गरेर गहना प्रदृशन गर्ने होइन । उद्योग व्यवसायतिर लाग्नु पदृछ ।’–अध्यक्ष राईले भनिन–‘महिलाहरुले अव आत्मनिर्भरका लागि उद्यमी बन्नु पर्दछ ।’
धरान–१२ छाता चोकमा आयोजना गरेको मेला तीन दिनसम्म चल्ने छ । आर्थिक सामाजिक र राजनीतिक रुपमा पछाडी परेका महिलाहरुले उत्पादन गरेरका सामाग्री एकै स्थानमा राखेर बजारकिरण गर्ने काम सञ्जालको सहराणिय भएको मेलाको उद्घाटन गर्ने क्रममा प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले बताए । संविधानमा महिलाको प्रत्येक अधिकारहरु सुनिश्चित भएको भए पनि व्यवहारमा लागु नभएको बताउदैं सभामुख भण्डारीले यस्ता समाजिक संघ संस्थाहरुले उनीहरुको आवज उठाउन पर्ने बताए ।
प्रदेश सांसद उमेता बराइलीले नाचगान छाडेर प्रदर्शनीमा महिलाहरु आएकोमा खुशी व्यक्त गरेकीछन् । उनले धरानको पहचिान हुने कोशेली उत्पादन गरेर बजारिकरण गर्न सुझाव दिइन । कार्यक्रममा धरान उपमहानगरपालिकाका निमित्त मेयर नरेश इवारामले महिलाहरुको क्षमता विकास, सीप विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको भए पनि सदुपयोग नगरेको बताए ।
कार्यक्रममा नेकपा धरान उपमहानगर कमिटिका अध्यक्ष नारायण सुवेदी, नेपाली काङ्ग्रेस सुनसरी सचिव सुजेन्द्र गोले, सुनसरी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यष शिवराज श्रेष्ठलगायतले बोलेका थिए ।
मेलामा सुनसरीलगायत विभिन्न जिल्लाका ३० वटा स्टल रहेका छन । महिला उद्यमीले उत्पादन गरेका हस्तकलादेखि खाद्य परिकार, जुत्ताचप्पल, अल्लोलगायतका सामाग्री राखिएको कार्यक्रम संयोजक चेतना श्रेयङले जानकारी दिइन ।

Untitled-5 copy

 

 

eden