धरान । पूर्वाञ्चल सिङ्गिङ स्टार सातौं संस्करणको सेमिफाइलन राउण्ड बिहीबार सम्पन्न भएको छ । १५ जना सेमिफाइनल राउण्डमा स्पर्धा गरेको मध्ये १० जना फाइनल राउण्डमा प्रवेश गर्ने छन् ।

फाइनल राउण्डका स्पर्धीहरूले आगामी असोजको पहिलो साता हुने ‘ग्राण्ड फाइलन’ मा अन्तिम स्पर्धा गर्ने आयोजक पूर्वाञ्चल बागिना कलाकेन्द्रका अध्यक्ष एवम् कार्यक्रम संयोजक भक्तिराज राईले जानकारी दिए । प्रतिस्पर्धीहरूको गायन क्षमताका आधारमा टप १० मा छनौट भएका छन् ।

टप १० देखि भोटिङ राउण्ड खुल्ला हुने आयोजकले जनाएको छ । भोटिङ र निर्णायकको मतको आधारमा विजेता घोषणा गरिने छ । विजेता, उपविजेताहरूले नगदसहित गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्ने छन् । धरान–५ स्थित वाबू लाउञ्ज एण्ड बारमा अडिसनपश्चातका राउण्डहरू सञ्चालन भइरहेका छन् । प्रदेश १ को विभिन्न जिल्लाबाट प्रतिस्पर्धीहरू सहभागी छन् ।