धरान / दक्षिण एसिया कै नाम चलेको उत्कृष्ट अस्पताल भनेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम लिदैं आएको छ । उत्तर किमाथाङ, पूर्व ओलाङचुङगोलादेखि पश्चिममा जनकपुर हुदै भारतको विहारबाट यहाँको सेवा लिन आउने गरेका छन् । एउटा विश्वासले यहाँ उपचार गर्न आउने गरे पनि पछिललो समय प्रतिष्ठानको अस्थव्यस्थताले उनहरुले हैरानी खेप्दैं आएका छन् । विहान ६ बजेदेखि खाली पेटमा लाइन बस्दा अर्को रोग उव्जिने गरेको इलामबाट पेटको इलाज गर्न आएका वीरवल लिम्बु बताउछन् ।

purja copy

डाक्टरकाेमा पुग्नु अघि पुर्जा लिन बसेकाे लाइन ।

बास्तावमा यहाँका कर्मचारी पदाधिकारीहरु कमिसनको चक्करमा यहाँ आउने विमारीको सुविधाको विषयमा ध्यान नपु¥याउदा उनीहरुले हैरानी खेप्नु परेको हो । विहान ६ बजे डाक्टरलाई देखाउने पूर्जा लिन लाइनमा बस्नु पर्दछ । त्यस पछि डाक्टरलाइृ भेटन लाइनमा बस्नु पर्छ । डाक्टरलाई भेटेपछि कसनै प्रकारको रगत, दिसा पिसाव तथा एक्रे गर्नु पर्दा फेरी लाइनमा बस्नु पर्छ । भोली पल्ट आउने ल्यावको रिपोर्ट लिन पुन लाइनमा बस्नु पर्छ ।

orthopedic

हार्डजाेर्नी विभागमा डाक्टरलाइ भेट्न लाइनमा

अन्यत्र ठूला अस्पतालमा कुनै पनि ल्याव रिपोर्ट सिधै सम्बन्धित डाक्टरकोमा जाने व्यवस्था हुन्छ । तर प्रतिष्ठानले विमारीलाई दुःख दिने यसतो व्यवस्थापन गरेको छैन् ।

bill c0unter 1

डाक्टरलाई देखाए पछि ल्याव टेष्टका लागि विल काट्ने लाइन ।

यहाँ एकले अर्कालाई सकाउने भन्ने विषयमा मात्र पदाधिकारीहरु ध्यान दिन्छन् । पछिल्लो समय रेक्टर र अस्पताल निर्देशकबाहेकका पदाधिकारीहरु भ्रष्टाचार अभियोगमा निलम्बन परेका छन् । विमारीको चाप दिन दिनै बढ्दैं गएको छ । तर त्यसलाई वयवस्थापन गर्न अस्पताल प्रशासनले ध्यान दिएको छैन् । यहाँ कमिसन आउने कुरालाई मात्र प्राथमिकतामा राखेर काम गर्ने गरेको यहाँकै एक कर्मचारी बताउछन् ।

lab_

ल्याव टेष्टका लागि स्याम्पल दिन जादाको लाइन ।
 
report_recieve
 
 
 
ल्याव टेष्ट रिपोर्ट लिन बसेको लाइन ।
eden