इटहरी/ इटहरीको चौरास्ता चोकमा पैदल यात्रु बाटो पार गर्नका लागि आकाशे पुल नहुँदा हैरानी खेप्दै आएका छन् । सवारीसाधनले व्यस्त चोकमा पैदलयात्रुको चाप पनि उत्तिकै हुन्छ । अहिले मुख्य चौकमा जामसमेत हुन थालेका कारण पैदल यात्रीलाई बाटो काट्न समस्या हुँदै आएको छ ।

प्रदेश १ कै केन्दबिन्दु इटहरीमा आकाशे पुल बनाउने अन्तिम तयारी भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । इटहरीको मुख्य चोकमा सर्वसाधरण पैदल यात्रुहरूको लागि बाटो काट्न समस्या हुन थालेको भन्दै इटहरीको मुख्य चोकमा आकाशे पुल निर्माण गरिने भएको हो । पुलको निर्माणले इटहरीको मुख्य चोकमा आवत जावत गर्न सहज हुनेछ ।

इटहरीको मुख्य चोकमा विराटनगर धरान व्यापारिक सडक विस्तार मार्गले केही समस्या भएको भए पनि पूर्व पश्चिम मार्गमा भने तत्काल आकाशे पुल निर्माण गर्न लागिएको हो । जसको लागि इटहरी उपमहानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयारी गरिसकेको जानकारी इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले दिए । निर्माणको काम अन्तिम तयारीमा पुगेको छ घिमिरेले भने ।

आर्थिक वर्ष ०७६/७७ को बजेटमा प्रदेश या इटहरी उपमहानगरपालिकाले गर्ने पक्का भन्ने भएको छैन तर प्रदेश सरकारबाट गर्ने भनिएको छ प्रदेशले गरेन ,भने पनि इटहरी उपमहानगरपालिकाले गर्छ इञ्जिनियर घिमिरेले भने । आकाशे पुल निर्माण गर्ने अन्तिम तयारीमा पुगेको भन्दै एक महिनाभित्र टेण्डरसमेत आह्वान हुन्छ इञ्जिनियर घिमिरेले भने । इटहरी चौकमा आकाशे पुल बनाउन डिजाइन र स्टिमेट तयार पारेको घिमिरेले जनाए ।

सर्वसाधारण पैदल यात्रु, प्रशासनिक क्षेत्रका कर्मचारी र सवारी साधनको चाप अत्यधिक हुने गर्छ । आकाशेपुल निर्माणपछि यात्रुलाई समेत सडक पार गर्न सहज हुने भएको कारण इटहरी चौकमा आकाशे पुल अत्यावश्यक भएको कारण निर्माण हुन लागेको इटहरी वडा नम्बर ६ का वडाअध्यक्ष दीपक गौतमले बताए ।

इटहरीमा आकाशे पुल निर्माणको पहल भने १ नम्बर प्रदेश इटहरी क्षेत्र नम्बर २ क बाट निर्वाचित सांसद सर्वध्वज साँवा र सुनसरी क्षेत्र नम्बर क बाट निर्वाचित लिलम बस्नेतको पहलमा हुन लागेको हो । इटहरीको चौक आसपासको क्षेत्रमा पैदलयात्री मार्कामा परेको कारण पुल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको प्रदेश सांसद लिलम बस्नेतले जानकारी दिए ।

विराटनगरदेखि धरान सम्मको ६ लेन सडक निर्माणको कामले एका पट्टिको पुल लगाउन भने समस्या भएको बस्नेत बताउँछन् । पूर्व पश्चिम राजमार्गमा पनि फोल्डिङवाला पुल बन्छ उनले भने । भविष्यमा चौडाइ बढ्यो भने फुकालेर जोड्न सकिन्छ बस्नेत भन्छन् । पुल बनेपछि सर्वसाधरणलाई धेरै सहज हुने उनको भनाइ थियो ।

itahari 1