श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र ५ गते बिहीबार, २२ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको सप्तमी तिथि २७ः१७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र भरणी २३ः१९ बजेसम्म, उप्रान्त कृतिका चन्द्रमाराशि मेष, सूर्योदय ५ः३८ र सूर्यास्त ६ः३४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रो छ । धर्म–कर्म तथा सामाज सेवामा मन लाग्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । सेवामूलक कार्यमा संलग्न भइएला । दिनको उत्तराद्र्धतिर शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको सुवर्ण अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य सम्पादनमा सफलता मिल्ला । फलदायी भ्रमण हुनेछ । मन प्रसन्न रहला । आफन्तजनको सहयोग मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभ कार्यको चर्चा चल्नेछ । घरपरिवारमा मा·लिक कार्यक्रमको आयोजना हुनेछ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का, पट्टा तथा पर्यटन व्यवसाय सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।