धरान /  आन्तरिक विवादले रोकिएको नेकपा धरान नगर कमिटीको सपथ आज सम्पन्न भएको छ । प्रदेश इञ्चार्ज, सह–इञ्चार्ज जिल्ला इञ्चार्जको उपस्थितिमा धरानमा १ सय १ जना नव कमिटीको सपथग्रहण गरिएको हो ।

bhim
वामपन्थी आन्दोलनलाई कमजोर बनाउन पूजीपति दलाल नोकरसाहीहरु लागेको भन्दैं त्यसलाई प्रतिरक्ष ागर्ने जिम्मेवारी नेकपामा आएको नेकपाका स्थायी कमिटी सदस्य तथा १ नं. प्रदेश इञ्चार्ज भीमप्रसाद आचार्यले बताएका छन् ।
देशी विदेशी शक्तिहरु कम्युनिष्टहरुलाई खुइलाउन दुष्प्रचार गरेको भन्दैं नेता आचार्यले विगतको सरकारले सिन्को भाच्ने काम नगरेको र त्यसको दोष अहिलेको सरकारलाई लगाएको आरोपसमेत लगाए ।

spath
बुधबार नेकपा धरान नगर कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गदैं नेता आचार्यले नेकपाको स्थीर सरकारले विगतका सरकारहरुले सृर्जना गरेको समस्या समाधान गदैं जनताको अपेक्षा पुरा गर्न लागि परेको बताएका छन् । ‘नेकपाको स्थीर सरकार बनेको १ बर्ष भयो । धेरै काम गर्न बाकी छ । ५ बर्षमा जनताको अपेक्षा पुरा गर्छ ।’–नेता आचार्यले भने–‘ढुक्क हुनु होस् । विगतको जस्तो सरकार होइन । जनताको काम गर्न नै हामी एक भएका छौं ।’

bhim acharya1 copy
नेता आचार्यले संगठन मजबुद बनेको दाबी गर्दै धरानमा आगामी मंसिर १४ मा हुने निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा जुट्न र सबै पार्टी लागेर धरानले जनाताको आशा र अपेक्षा पुरा गर्न निर्देशन पनि दिएका छन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सह–इञ्चार्ज सावित्रीकुमार काफ्लेले नेकपाको सरकारलाई कमचोर बनाउन रवि लामिछानेको पक्राउ र शालिकराम पुडासैनीको आत्महत्याको विषय बनाएर राजावादी तथा प्रतिक्रियावादी शक्तिहरु सलबलाएको बताए । त्यसलाई चिर्न पार्टीका तल्लो तहदेखि तयार हुनु पर्ने बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौलाले चाडै वडा र टोल कमिटिहरुलाई पनि पुर्णता दिन निर्देशन दिए ।

IMG20190821152227
कार्यक्रममा कृषी तथा पशुपक्षी राज्यमन्त्री तथा नेकपाकी केन्द्रीय सदस्य रामकुमारी चौधरीप्रतिनीधी सभासदस्य जयकुमार राई, केन्द्रीय सदस्य निर्मल वराल, प्रदेश कमिटि सदस्यहरु रमेश बस्नेत, मुक्साहाङ मेन्याङ्बो, विजय राई, अइन्द्रबिक्रम बेघा, मनोज मेन्याङबो, जिल्ला अध्यक्ष योगेन्द्र मण्डल(पम्पु)लगायतले नव गठित नगर समितिलाई बधाई दिएका थिए ।
धरान नगर कमिटीको सपथसँगै सुनसरीको १२ वटै स्थानीय तहको कमिटीहरु बनेका छन् । जिल्लाका १ सय २४ वटै वडाहरुमा वडा कमिटीहरु बनेको नेकपाका जिल्ला अध्यक्ष पप्पु मण्डलले जानकारी दिए । धरान नगर कमिटी १ सय १ सदस्य बनेको छ । साविक एमालेका नारायण सुवेदी अध्यक्ष र माओवादीका सुदर्शन श्रेष्ठ सचिवको जिम्मेवारी पाएका छन् ।

sapatha1 narayan