सिरहा–मोरङ सुनवर्शी नगरपालिकाका वीरेन्द्रकुमार साह पत्रकारितामा मात्रै पहिचान बनाएका छैनन्, उनी गीतसङ्गीतमा पनि आफ्नो पहिचान बनाएका छन् ।

२३ वर्षीय साह सानैदेखि पत्रकार भएर देशको सेवा गर्ने सोच राख्थे । नभन्दै उनी अहिले त्यही क्षेत्रमार्फत् देशको सेवा मात्रै गरिरहेका छैनन् । गीतसङ्गीतमार्फत् आफूलाई स्थापित पनि गरिरहेका छन् । एभिन्यूज टिभीमा कार्यरत साहको १४ वटाभन्दा बढीमा अभियनसँगै स्वर पनि भरिसकेका छन् । उनले १४ वटा म्यूजिक भिडियो र छोटा चलचित्रको निर्देशनसँगै मोडलिङ पनि गरेका छन् ।

त्यसो त, उनी विभिन्न स्थानमा हुने मेला, कार्यक्रमहरूमा प्रस्तोताको रूपमा पनि पुग्ने गरेका छन् । पहिलो पटक उनले ‘मन’ नामक एल्बम बजारमा ल्याए । एलबमको सामान्य चर्चा देशविदेशसम्मै भयो । त्यसो त, पहिलो पटक साहले अञ्जु पन्तको आवाजमा सजिएको एउटा गीतको म्यूजिक भिडियोमा पनि अभिनय गरेका थिए । तर, उक्त भिडियोले खासै बजार पाएन । उनले दोस्रो एलबमको रूपमा ‘साया’ ल्याएका थिए । हालसम्म उनले थुप्रै म्यूजिक भिडियोहरूमा मोडलिङ पनि गरेका छन् ।

उनी पत्रकारिता, गीतसङ्गीतलाई समाजप्रति समर्पित गर्छन् । उनी भन्छन्, ‘मेरो जीवन समाजकै लागि सुम्पिएको छु । मैले सकेको सहयोग गरिहरन्छु ।’ उनी गरिब तथा असहायको लागि एउटा फाउण्डेसन खोल्ने सोचमा छन् । साहले थुप्रै परिचय बनाएका छन् ।