धरान / धरान उपमहानगरपालिकाको वडा नं २० स्थित माछामारा डाँडा धरान बजारबाट करिब ९ किलोमिटर उत्तर पश्चिममा छ । भूपू गोर्खा सैनिक एवं परिवारहरुले करोडौंको लगानीमा ब्रिटिश गोर्खा स्मृति पार्क बनाइरहेका छन् । यो पार्कलाई गोर्खा सैनिकहरुको लागि पवित्र तीर्थस्थलकोरुपमा विकास गर्ने लक्ष्य राखिएको पार्क परिकल्पनाकार रमेश राईले बताए । यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । यो ग्रावेल सडक नेपालकै पवित्र तिर्थस्थल विष्णुपादुका जाने सडक पनि हो ।

machhamara1
मक्का मदिनाको जस्तै पवित्र तीर्थस्थलको रुपमा यसलाई विकास गरिने तयारी छ । यहाँ गोर्खा स्मारकको मुनि ७ फिट गहिरोमा घैला छ, त्यहाँबाट पाइप निस्केर मुर्तिको खुट्टामा निस्केको छ । त्यहाँबाट पहिलो र दोस्रो विश्वयुद्ध लड्दा वीरगति प्राप्त हाम्रा पुर्खाहरुको चिहानबाट सातोको रुपमा माटो ल्याएर राखिदैछ । हालसम्म फ्रान्स,बेलायत, हङकङ, बु्रनाई, सिंगापुर, मलेसियाबाट माटो आइसकेको छ ।

machhamara9
पार्क निर्माणमा हालसम्म ३ करोड बढी लगानी भइसकेको छ । यो सबै भूपू गोर्खा सैनिक र तिनका परिवारजनबाट जुटेको सहयोग हो ।
तयारी अवस्थामा रहको उक्त पार्कमा घुम्ने आउनेहरुको संख्या बढ्दैं गएको छ । यहाँ सितलता ताप्न र धरानको दृष्य हेर्न आउने गरेको २० नं. वडाका अध्यक्ष मणीराज राईले बताए । माछामाराबाट धरानको पुरै दृष्यालोकन गर्नसमेत सकिन भएकोले यहाँ मानिसहरु आउने गर्दछन् । machhamara2 machhamara6 machhamara4 machhamara5 machhamara9