धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएपछि विमारीहरु अन्यत्र रेफर हुसन थालेका छन् । अस्पताल प्रशासनले प्रयाप्त अक्सिजन व्यवस्थापन गर्न नसके पछि अभाव शुरु भएको हो । अक्सिजन निर्यात गदैं आएको कम्पनिले प्रयाप्त निर्यात गर्न छाडे पछि आकस्मिक कक्ष र विमारी उपचार गर्न राख्ने वाडहरुमा अक्सिन अभाव भएको चिकित्सकहरुले बताएका छन् ।
प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट लामो सयमदेखि विग्रिएको छ । प्रतिष्ठानको प्लान्ट विग्रिए पछि दुर्गा प्लान्ट दुहवीबाट निर्यात गदैं आए पनि उसले प्रयाप्त सिलिण्डर नदिए पछि प्रतिष्ठानमा अक्सिजन अभाव भएको हो ।
प्रतिष्ठानले दैनिक ६० हजार रुपैयाँ देखि ८० हजार रुपैयाँ व्ययभार हुने गरि सिलिण्डर खरिद गदैं आए पनि पछिल्लो समय सिलिण्डर प्रयाप्त नआएको एक चिकित्सकले जनाए ।
प्रतिष्ठानमा युनिषि इण्डिया र नेपालको डाइग्नोकेनले अक्सिजन प्लान्ट प्रतिष्ठानमा ल्याएका थिए । दुई बर्ष अघि तत्कालिन उपकुलपति प्राडा वीपी दासको पालामा काठमाण्डौंको उनीहरुले ठेक्का पाएर नयाँदिल्लीस्थीत यूनिसी प्रालिबाट यो प्लान्ट ल्याइएको भए पनि ठेकेदार कम्पनिले मेसिन जडान नगरिदिदा त्यतिकै थन्किएर बसेको थियो । गत माघमो प्रतिष्ठानकै थप खर्चमा प्लान्ट जडान गरिए पनि दीर्घकालिन भएको छैन् ।
आकस्मिक कक्षको बोर्डमा गत शुक्रबार ‘अक्सिजन लगायत सामाग्रकिो अभाव भएको सूचना राखिएको थियो ।
यता प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा गुरुप्रसाद खनालले प्रतिष्ठानको अक्सिजन प्लान्ट लामो समयदेखि काम नगरेर सिलिण्डर किन्दैं आएको बताए । उनले अभाव नभएको दावी गदैं दुई हप्ताभित्र प्रतिष्ठानले आफ्नो प्लान्ट मर्मत गरेर अक्सिजन उत्पादन सुचारु गर्ने बताए ।
प्रतिष्ठानका अनुसार प्रतिष्ठानलाई ८ सय लिटर प्रतिमिनेट अक्सिजनको आवश्यकता पर्छ । प्रतिष्ठानले १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जोडेको छ । तर पटक पटक विग्रिएर काम दिएको छ्रैन् । अन्य अस्पतालहरुलाई अक्सिजन बेच्ने गरि उत्पादन थालिए पनि प्रतिष्ठान सफल हुन सकेको छैन् ।