विराटनगर /  मोरङको रङ्गेलीस्थित सुस्त मनस्थितिकी १६ वर्र्षीय किशोरीलाई बलात्कार गरेको घटनामा पीडित पक्षलाई दबाब दिएर मिलापत्र गराउने १० मध्ये प्रहरीको नियन्त्रणमा रहेका सात जना गाउँका अगुवालाई अदालतले धराैटीमा छाडन आदेश दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजालशले सोमबार ७ जनालाई जनही ५० हजार धरौटिमा छाड्न आदेश दिएको हो । सामूहिक बलत्कारको घटनामा संलग्न तीन मध्ये दुई जनालाई पूर्पक्षका लाथि थुनामा राख्न अदालतले आदेश दिएको छ । बलात्कार घटनामा संलग्न एक र मिलापत्र गराउने तीन जना फारर छन् ।
गत असार २० गते राति भएको बलात्कारको घटनालाई मिलापत्र गराएर लेनदेनमा अपराध टुँग्याउन खोज्ने गाउँका १० जना अगुवा मध्ये सात जना पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय रङ्गेलीले सामूहिक बलात्कारको घटनामा संलग्न तीन र मिलापत्र गराउने दश जना सहित १३ जना विरुद्ध शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरिएको थियो । सामुहिक बलत्कारको घटनामा संलग्न तीन जनलाई सामुहिक जबरजस्ती करणी र अन्य १० जनालाई घटना मिलापत्र गराएको भन्दै मतियार बनाएर अदालतमा मुद्दा दायर गरेको थियो ।
थुनछेक बहसमा सरकारकोतर्फबाट जिल्ला न्यायाधिवक्ता मनोज आचार्य र प्रतिवादीकोतर्फबाट अधिवक्ताहरू दुर्गा प्रसाद पोखरेल, यम बहादुर मगर, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, पुरुषोत्तम नेपाल, विनोद कुमार तिम्सिना, ज्ञानेन्द्र थापा, बालकृष्ण आचार्य, भरतबहादुर थापा र विकास थापाले बहस गरेका थिए ।
अशक्त १६ वर्षीय बालिकामाथि तीनजना मिलेर बलात्कार गरेको घटनामा गाउँकै १० जना अगुवाले एक लाख ५० हजार रुपैयाँ पीडित पक्षलाई दिने सर्तमा मिलापत्र गराएर पीडकलाई उन्मुक्ती दिलाउने र घटनालाई सामसुम पार्ने प्रयास गरेका थिए । घटना सार्वजनिक भएपछि गाउँमा स्थानीय अगुवालाई राखेर बोलाइएको विशेष छलफलमा घटना कहीं पनि सार्वजनिक नगर्ने सर्तमा असार २६ गते मिलापत्र गरिएको थियो । भेलामा पीडित पक्षलाई मिल्न दबाब दिंदै मिलापत्र गराएर उपचार खर्च वापत पीडकबाट एक लाख ५० हजार रुपैयाँ दिलाउने उधारो कागज गराइएको थियो । तीनै जनाले साउन ६ गते भित्रमा पीडित किशोरीलाई ५०/५० हजार रुपैयाँ दिने कागजमा उल्लेख छ । तर त्यस अघि नै घटना बाहिरिएपछि लेनदेन भने हुन नपाएको र घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो ।

2 1
1 5 3 copy