सुनसरी /  बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र मिराजको टेलर सार्वजनिक गरिएको छ । सो चलचित्रको टेलर युट्यूव मार्फत भर्खरै सार्वजनिक भएको छ ।

इटहरीका कलाकार प्रकश सुब्बाले निर्देशन गरेको चलचित्रमा समाज र घर घरमा भएको कथा वस्तुलाई समेटिएको टीममा सहभागी कलाकार दिनेश कोइरालाले बताए । बालमनोबिज्ञानमा आधारित कथामा तयार गरिएको सो चलचित्र पुर्वका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

चलचित्रमा निर्देशक आफै दोहोरो भुमिका निभाएका छन् । यो भुमिकाका लागी उनले आफ्नो शरिरको २२ के जि तौल घटाएर भूमिका निर्वाह गरेका छन् । चलचित्र आगामी असोज महिनामा प्रर्शनमा आउने बताइएको छ । चलचित्रमा अशोक चेम्जाङ, दिनेश कोइराला, गुरु लामा कार्की, रुबि आचार्य, शिशिर सुबेदी, कबिता गेलाल, केशव रायमाझि, सरोज केसी, तीर्थ याक्सो, जगदिश कार्की, देवेन्द्र चौधरी, भिम लामा, सन्तोष सरकार, सागर बिस्ट, मातृका आचार्य तथा प्रकाश सुब्बालगायतको भूमिका रहेको छ ।